Home / Blogs / ल्याउने भयो बजाजले सबै भन्दा सस्तो इलेक्ट्रिक स्कुटर
  • Upcoming Bikes
  • 0

ल्याउने भयो बजाजले सबै भन्दा सस्तो इलेक्ट्रिक स्कुटर

Nepal Auto Trader

Share this News

image

बजाजले सिंगल सिटर, लो पावर र किफायती इलेक्ट्रिक स्कुटरमा काम गरिरहेको छ । कम्पनीले सो स्कुटर इलेक्ट्रिक मोबिलिटी सर्भिस स्टार्टअप युलुको लागि तयार गर्दैछ । सो स्कुटरको मूल्य ३५ हजार भारु भन्दा सस्तो हुनेछ । 

बजाजले अर्काे वर्षसम्म ३० हजार देखि ३५ हजार भारु मूल्य पर्ने युलुको लागि इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गर्दैछ । युलुका संस्थापक र सीईओ अमित गुप्ताका अनुसार सो स्कुटरको लागि ६०० डलर खर्च भइरहेको छ । सो स्कुटरको लागि चाहिने पार्ट्स चीनमा निर्माण गरिनेछ र भारतमा यसको एसेम्बल गरिने छ ।

युलुको स्कुटरमा ४८ भोल्टको मोटर जडान गरिएको छ । सो स्कुटरको टप स्पिड २५ किलोमिटर प्रति घन्टा रहेको छ । सो स्कुटरले फुल चार्जिङमा ६० किलोमिटरको दुरी तय गर्नेछ । युलु बाइक चलाउनको लागि लाइसेन्सको आवश्यकता पनि पर्दैन ।

नयाँ युलु स्कुटर पुरानो मोडल भन्दा आकर्षक र मोडर्न देखिनेछ । कम्पनीका अनुसार युलुसँग यो वर्षको अन्तसम्ममा १ लाख इलेक्ट्रिक टु ह्विलर हुनेछ । हाल कम्पनीसँग ४ हजार इलेक्ट्रिक साधन रहेको छ । कम्पनीले शुरुवातमा सो इलेक्ट्रिक स्कुटर ४ देखि ५ शहरमा मात्र बिक्री गर्ने लक्ष्य राखेको छ ।

Our latest comments