Home / Blogs / बजाज पल्सर एनएस १२५ को बिक्री सुरु
  • Latest Bikes
  • 0

बजाज पल्सर एनएस १२५ को बिक्री सुरु

Nepal Auto Trader

Share this News

image

बजाजले पल्सर एनएस १२५ रसियन बजारमा सार्वजनिक गरेको छ । बजाज पल्सर फेमेलीकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ बजाज अटोले सार्वजनिक गरेको हो । बजाज पल्सर एनएस सिरिज लोकप्रिय मोटरसाइकल रहेको छ । भारत नेपाल लगायतका बजारमा एनएस सिरिज निकै सफल मानिन्छ । कम्पनीले यो मोटरसाइकल नेपाली बजारमा समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

बजाज अटोले आफ्ना सबै उत्पादनलाई बीएस६ मा सार्वजनिक गर्ने क्रममा रहेको छ । यसैबीच कम्पनीले बजाज पल्सर एनएस १२५ रसियन बजारमा सार्वजनिक गरेको हो । योसँगै रसियन बजारमा बजाज एनएस १२५, बक्सर, पल्सर १८०, एनएस २००, एभेन्जर २२० र बजाज डोमिनार उपलब्ध भएको कम्पनीले आफ्नो आधिकारीक वेभसाइटमा राखेको विज्ञप्तीमा उल्लेख छ ।

बजाज एनएस १२५ मा १२४ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड, ४ भल्भ इन्जिन रहने छ । यो इन्जिनले ८५०० आरपीएममा १२ बीएच पावर तथा ६००० हजार आरपीएममा ११ एनम टर्क जेनेरेट गर्छ । यसको फ्रन्टमा २४० एमएम डिस्क तथा रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । एनएस १२५ मा ५ स्पीडको गियरबक्स रहेको छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ भने ग्राउन्ड क्लीयरेन्स १६७ एम एम रहेको छ ।

दुईबर्ष पहिला नै पोल्यान्डमा सार्वजनिक भएको यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक हुने हल्लासमेत चलेको थियो । हालसम्म भारतीय बजारमा यो मोटरसाइकल सार्वजसनिक भने भएको छैन । नेपालमा चढ्न चाहने उपभोक्ताले भने केही समय कुर्नु पर्ने छ । 

Our latest comments