Home / Blogs / बजाज पल्सर २०० एनएस अब एबीएस एफआईमा उपलब्ध; यस्ता छन बिशेषता
  • Latest Bikes
  • 0

बजाज पल्सर २०० एनएस अब एबीएस एफआईमा उपलब्ध; यस्ता छन बिशेषता

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा पल्सर २०० एनएस एबीएस एफआई भित्रिएको धेरै समय भएको छैन । नेपालमा एनएस २०० को एफआई र कार्बुरेटर इन्जिनमा उपलब्ध रहेको छ । दुबै भेरियन्टमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ । एबीएस र एफआई दुवै प्रविधि भएको सो मोटरसाइकल हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा महंगो पल्सर समेत रहेको छ । पावरफुल इन्जिन, एफआई टेक्नोलोजी, एबीएस र मस्कुल र स्पोर्टी डिजाइनको कारण २०० सीसी एनएस एफआई मोटरसाइकल नेपाली युवाहरुको बीचमा निकै चर्चित छ ।


पल्सर २०० एनएसमा १९९।५ सीसी लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ९५०० आरपीएममा २३.५ पीएस पावरका साथै ८००० आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्दछ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ । सो मोटरसाइकलमा एबीएससहित अगाडि चक्कामा २८० एमएमको डिस्क र पछाडि चक्कामा २३० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ भने यसको अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक दिइएको छ । एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ ।


पल्सर एनएसमा डबल डिस्कब्रेक, कडा च्यासीस, शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट, फुल एलइडी हेडलाइट, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र एनालग टेकोमिटर प्यानल लगाएतका फिचर्सहरु उपलब्ध छन् । एनएस २०० को लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम, उचाई १०७५ एमएम, १३६३ एमएम ह्वीलवेस र १६९ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।  सो बाइकमा १२ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने यसको तौल १५४ केजी रहेको छ । 


बजाज पल्सर एनएस २०० एबीएसएफआईको नेपाली बजार मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ भने एबीएस मात्र रहेको मोडलको मूल्य ३ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले दशैं स्कीममा खरिद गर्दा एनएस २०० एबीएसएफआईमा कम्तीमा पनि १० हजार नगद छुट पाउन सक्ने बताएको छ । सो बाइकले नेपाली बजारमा एफजेड २५०, सीएफमोटो २५० एनके, टीभीएस अपाचे आरटीआर २०० र डुक २०० जस्ता बाइकसँग प्रतिस्पर्धा गर्दै आएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments