Home / Blogs / बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस सार्वजनिक
  • Latest Bikes
  • 0

बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस नयाँ डिस्क भेरिएन्ट साथमा सार्वजनिक भएको छ । बजाज प्लाटिना १०० को किक स्टार्ट अलोय मोडल पनि उपलब्ध रहेको छ । यो सो बाइकको उत्कृष्ट मोडल हो । सबै मोडलमा कलर स्किम समान रहेको छ । बाइकमा एलईडी डीआरएल, ट्यांक प्याडल र केही फिचर समावेश छ । बाइकमा चौडा रबर फुटप्याड र अर्काे १०० सीसीको बाइकमा भन्दा ९ प्रतिशत लामो सिट रहेको छ ।

बजाजका अनुसार सो बाइकमा २४० एमएमको फ्रन्ट डिस्क ब्रेक रहेको छ । अर्काे भेरिएन्टमा १३० एमएम युनिट समावेश रहेको छ । साथै ११० रियर ड्रम ब्रेक स्ट्यान्डर्ड समावेश गरेको छ । यी दुबै ब्रेक एएसबी वा सीबीएसको साथमा लिक्ड रहेको छ । बाइकको १०२ सीसी, डीटीएस–आई, सिंगल सिलिन्डर इन्जिन रहेको छ । जसले ७.९ एचपीको पावर र ८.३ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा ४ स्पिड गियरबक्स युनिट समावेश गरेको छ ।

कम्पनीले सो बाइकको टप स्पिड ९० किलोमिटर प्रति घन्टा रहेको दावी गरेको छ भने बाइकको फ्युल ट्यांकी क्षमता ११ लिटरको रहेको छ । डिस्क ब्रेक भेरिएन्टको तौल ११९ किलोग्राम र फ्रन्ट ड्रम ब्रेक भेरिएन्टको तौल ११७.५ किलोग्राम रहेको छ । बजाज प्लाटिना १०० शानदार फ्युल इफिसियन्सीको लागि पनि निकै चर्चित रहेको छ । सो बाइक ९० किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीले दावी गरेको छ ।

नेपालमा पनि सो बाईक सफल मध्येको एउटा मोडलमा पर्छ । नेपाली बजारमा उपलब्ध बजाज प्लाटिना १०० ईएसको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ भने यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो बाइकमा पर्छ । नेपालमा पनि सो मोटरबाइक छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।

Our latest comments