बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले घरमै बसेर मोटरसाइल किन्न सकिने प्लेटफर्म तयार पारेको छ । अब ग्राहकले बजाजका मोटरसाइक किन्न शोरुम धाउनु पर्ने छैन । कोभिड १९ संक्रमणको कारण लामो समय व्यवसाय रोकिएपछि दिनअघि मात्र कम्पनीले नगद छुटको योजना अघि सारेको थियो । लामो समयसम्म लकडाउनका कारण व्यापार व्यवसाय बन्द प्रायः रहेको छ ।
हिज आजबाट लागुहुने गरि लकडाउन खुकुलो भएतापनि कम्पनीहरुले अनलाइन प्लेटर्फम तयार पारिरहेका छन् । यस्तोमा बजाजले पनि अनलाइन मार्फत मोटरसाइकल खरिद गर्न सकिने बनाएको हो । मोटरसाइकल कम्पनी मध्ये यस्तो सुविधा ल्याउने बजाज पहिलो कम्पनी हो ।
‘मोटरसाइकल किन्न चाहने मानिसलाई घरबाटै सबै किसिमको सेवा दिन सजिलो होस् भनेर हामीले यो वेभसाइट बनाएका हौ । यसले मोटरसाइकल किन्ने मानिसले घरमै बसेर आफ्नो छनोट अनुसारको मोटरसाइकल बुकिङ गर्न सक्ने छन्’, एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छाले भने ।
ग्राहकले बुकअनलाइन डट बजाजअटो डट कम.एनपी वेवसाइट लगइन गरेर अनलाइन बुकिङ गर्न सक्ने छन् । यसरी बुकिङ गर्दा ग्राहकले २ हजार रुपैयाँ टोकन रकम तिनु पर्ने हुन्छ । ग्राहकले इसेवा, फोनपे, कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्ने छन् । टोकन स्वरुप बुझाएको रकम मोटरसाइकलको मूल्यमा घटाइने कम्पनीले जनाएको छ । ग्राहकले अनलाइन मार्फत चाहिने सम्पुर्ण कागजपत्र अपलोड गर्न सक्नेछन् भने मोटरसाइकल डेलिभरि लिने समय सक्कली कागजपत्र बुझाउनु पर्ने छ ।
PREVIOUS NEWS