Home / Blogs / बजाजको चेतक स्कुटर नेपाली बजारमा आउँदै
  • Upcoming Bikes
  • 0

बजाजको चेतक स्कुटर नेपाली बजारमा आउँदै

Nepal Auto Trader

Share this News

image

१४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ।बजाज अटोले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो भन्दा पहिले पनि पुने र यसको आसपासमा यसको इलेक्ट्रिक स्कुटरलाई टेष्ट गरिरहेको समाचारहरु सार्वजनिक भइसकेका छन् ।

यो स्कुटर २ ओटा भेरियन्टमा उपलब्ध हुनेछ। इको भेरियन्टको स्कुटरले ९५ किलोमिटर र स्र्पोट भेरियन्टले ८५ किलोमिटर माइलेज प्रदान गर्ने एजेन्सीले जनाएको छ। चेतक स्कुटर ६ ओटा रङ्गमा उपलब्ध हुनेछ। बजाज चेतक इलेक्ट्रीक स्कुटर २०२० को जनावरीमा सार्वजनिक हुने बताइएको छ। यसका फिचर्स र मूल्य हालसम्म सार्वजनिक भईसकेको छैन।

पहिले सार्वजनिक भएको तस्बिरका आधारमा सो स्कुटर रेट्रो–मोडर्न डिजाइनको हुनेछ भने हाल प्रचलित भेस्पा स्कुटरको स्टाइलबाट यो प्रभावित हुनेछ । यसको अघिल्लो भागमा राउन्ड हेडल्याम्प हुनेछ, जुन अल–एलईडी वा एलईडी डीआरएलको हुनेछ । बजाज अटोले १९७२मा पहिलो पटक सार्वजनिक गरेको चेतकको २००६मा उत्पादन बन्द गरेको थियो। 

त्यसैगरी नयाँ बजाज चेतकमा यूएसबी चार्जिङ प्वाइन्ट, सीबीएस ब्रेक, ठूलो इन्धन ट्यांकी र ओभल आकारको हेड ल्याम्प्स हुनेछ । प्रिमियम अपिलका लाग यसमा क्रोमको प्रयोग गरिएको छ । यसमा १२५ सीसी एयरकुल्ड इन्जिन छ, जसले ९ देखि १० बीएचपी पावर र ९ एनएम टर्क प्रदान गर्छ ।

यसको मूल्य भारतीय बजारमा करिव १ लाख भारुको हाराहारी हुने अनुमान गरिएको छ । जे भए तापनि बजाजको यो स्कुटर बजारमा आयो भने फेरि अर्को हलचल हुने अनुमान गर्न सकिन्छ । यदि बजाजको नयाँ चेतक बजारमा आयो भने होन्डा एक्टिभा, पियाजियो भेस्पा र अप्रिलिया एसआर १५० आदिसँग यसको प्रतिस्पर्धा हुनेछ ।

Our latest comments