Home / Blogs / बजाजले अब विद्युतीय मोटरसाइकल बनाउने

बजाजले अब विद्युतीय मोटरसाइकल बनाउने

Nepal Auto Trader

Share this News

image

पछिल्लो समय प्रविभिको नयाँ नयाँ कुरा सिकाएको छ । त्यस्तै सहजता पनि थपीदिएको छ । यसैबीच बजाजले सन् २०२० देखि विद्युतीय मोटरसाइकल बनाउने भएको छ । समाचारमाध्यमका अनुसार बजाजले ‘अर्बानाइट’ नामबाट प्रिमियम विद्युतीय मोटरसाइकल उत्पादन गर्ने तयारी गरिरहेको र सन् २०२० भन्दाअघि नै बजारमा आउने जनाइएको छ । 

बजाजले सन् २०२० देखि विद्युतीय मोटरसाइकल बनाउने भएको छ।

भारतीय समाचारमाध्यम लाइभमिन्टलाई दिएको अन्तर्वातामा कम्पनीका प्रबन्ध निर्देशक राजिव बजाजले यसबारे जानकारी दिएका हुन्।

कम्पनीले ‘अर्बानाइट’ नामबाट प्रिमियम विद्युतीय मोटरसाइकल उत्पादन गर्ने तयारी गरिरहेको र सन् २०२० भन्दाअघि नै बजारमा आउने बजाजले बताएका छन्।

बजाजले केही समयअघि मात्र बेलायती अटोकम्पनी ट्रियूम्फसँग साझेदारी गरिसकेको छ।  यी दुई कम्पनीले हाल ४०० देखि ८०० सिसि इन्जिनसम्मका मोटरसाइकल उत्पादन गर्नेछन्।

बजाज भारतको दोस्रो ठूलो दुईपांग्रे कम्पनी हो। आफ्ना ७ ब्राण्डका साथै अष्ट्रियन कम्पनी केटीएमका मोटरसाइकल पनि यसले बिक्री वितरण गर्दै आएको छ।

Our latest comments