Home / Blogs / एफटेक मोटरसाइकलका तीन मोडल नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

एफटेक मोटरसाइकलका तीन मोडल नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

भारतीय मोटरसाइकल ब्रान्ड एफटेकका मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्। एफटेकका तीन मोडल नेपाली बजारमा भित्रिएका हुन्। टर्बो, नाइट राईडर र स्कोर्पियन मोडलका मोटरसाइकल नेपाली बजारमा आएका छन्। एफटेक कम्पनीको आधिकारिक बिक्रेता म्याक्स भिजन लिमिटेडले निकट भविष्यमा देशभर डिलर बिस्तार गर्ने योजना पनि अघि सारेको छ। 

नेपालका लागि एफटेक मोटलसाइकलको आधिकारिक बितरक म्याक्स भिजन लिमिटेड नेपालभर डिलरहरुको सञ्जाल विस्तार गर्ने बताएको छ। २० लिटरको इन्धन ट्यांकी भएको मोटरसाइकलले ४५ किमी प्ततिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ। 

एफटेक मोटरसाइकल उच्च प्रविधियुक्त रहेको कम्पनीले जनाएको छ । १७० सि.सि.को शक्तिशाली इन्जिन, भारत स्टेज ४ उत्सर्जन न्यूनता तथा भारत स्टेज ६ कम्प्याटिबल इन्जिन, एन्टिलक ब्रेकिङ्ग सिस्टम, उच्च माईलेज (४५ कि.मी. प्रति लिटर), २० लिटरको ईन्धन ट्यांकी, अतिरिक्त सुरक्षाका लागि साइड स्ट्याण्ड सेन्सरलगायतका विशेष रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ,नाईट राईडर तथा स्कोर्पियन मोडलको ३ लाख १९ हजार ९ सय रुपैयाँ रहहेको छ।

शक्तिशाली इन्जिन र अत्यधिक माईलेज, आरामदायी मोटरसाईकलका पारखीहरुलाई एफटेक मोटरसाईकले सन्तुष्टि प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको कम्पनीले जनाएको छ । कम्पनीले निकट भविष्यमै ११० सीसी, १२५ सीसी र २५० सीसीका बाइक र स्कुटर तथा विधुतीय मोटरसाइकलसमेत उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।  

Our latest comments