बढ्दो प्रदुषणका कारण काठमाडौंमा पनि बिद्युतीय सवारी साधनको माग बढेको छ।
सरकारले पनि बिद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्नका लागि सार्वजनिक बिद्युतीय सवारी खदिदमा सहुलियतपूण कर्जा दिने ब्यवस्था गरेको छ।
यो गाडीमा सर्वसाधारणको बढ्दो आकर्षणपछि पेट्रोल डिजलजन्य गाडी निर्माण कम्पनी पनि अहिले बिद्युतीय सवारीको उत्पादन गरिरहेका छन्।
शहरी क्षेत्रमा बढ्दो प्रदुषण कम गर्नका लागि पनि बिद्युतीय गाडी सहयोगी मानिएको छ। किनभने यसले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा कम प्रदुषण गर्छ।
बिद्युतीय सवारी चलाउनका फाइदा:
बिद्युतीय सवारी साधनले वातावरण प्रदुषणमा कमी ल्याउँछ। किनभने डिजल, पेट्रोलबाट चल्ने गाडीले वातावरणका लागि हानीकारक ग्यासको उत्सर्जन गर्नेगर्छन्। यो ग्यास हाम्रो शरीरका लागि पनि खतरनाक हुन्छ। यी सवारीले वातावरण प्रदुषणका साथसाथै ध्वनी प्रदुषण पनि घटाउँछन्।
किन भने बिद्युतीय गाडी डिजल र पेट्रोलबाट चल्ने गाडीको तुलनामा कम आवाज दिन्छ।
बिद्युतीय सवारी साधन चलाउँदा पेट्रोलियम पदार्थको आवश्यक्ता नपर्ने भएकाले सवारी साधन चलाउनका लागि अन्य देशप्रतिको निर्भरता हट्छ।
हामीले चलाउने गाडी राम्रो छ वा नराम्रो छ भन्ने कुरा त्यसको पर्फमेन्सबाट थाहा पाउने गर्छौ। यो अत्याधुनिक इलेक्ट्रिक मोटरबाट संचालित भएकाले यसको पर्फमेन्स पनि राम्रो भएको उत्पादक कम्पनीको भनाइ छ।
बिना पेट्रोल खर्च लामो दूरीको यात्रा
बिद्युतीय सवारीको प्रयोग भनेको मोबाइलको प्रयोग जस्तै हो। एकचोटी फूल चार्ज गरेपछि यसमा बेला बेलामा पेट्रोलको खर्चका लागि डराउनु पर्दैन्। फूल चार्ज गाडीले यती किलोमिटरको यात्रा तय गर्ने निशिचत हुन्छ। ढुक्क भएर यात्रा गर्नसकिन्छ। घर फर्केपछि एकैचोटी फूल चार्ज गरेपुग्छ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा बिद्युतीय सवारी साधनमा मेन्टेनेन्सको खर्च कम लाग्छ।