Home / Blogs / बजाज एभेन्जर स्ट्रिट १६० एबीएस नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

बजाज एभेन्जर स्ट्रिट १६० एबीएस नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बजाजको एभेन्जर सिरिजको सबैभन्दा सानो क्रुजर मोटर बाइक एभेन्जर स्ट्रिट १६० एबीएस सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले डिलरमार्फत सामान्य रुपमा यो बाइक बिक्री भएको घोषणा गरेको छ । सो मोटर बाइकको नेपाली मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बजाज नेपालको अफिसियल वेबसाइट तथा फेसबुक मार्फत सो मोटर बाइक सार्वजनिक गरिएको थियो ।


बजाज एभेन्जर १६० क्रुजर बाइकमा १६० सीसीको इन्जिन रहेको छ भने यसले ८,५०० आरपीएममा ११.०३ पीएस पावर र ७००० आरपीएममा १३.७ एनएम टर्क जेनेरेट गर्छ । सो मोटर बाइक बीएस–६ मापदण्ड अनुसारको मोडलमा रहेको छ  । नयाँ एभेन्जरमा सिंगल च्यानल एबीएस समेत रहेको छ । यसको अघिल्लो पांग्रामा २६० एमएमको डिस्क ब्रेक र पछिल्लो पांग्रामा १३० एमएमको ड्रम ब्रेक छ । यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन सक एब्जर्बर छ । सो बाइकको ग्राउन्ड क्लियरेन्स १६९ एमएम र १३ लिटरको इन्धन ट्यांकी छ ।


यसले ५—स्पीड म्यानुअल ट्रान्समिसन प्रयोग गर्छ। सो मोटर बाइकको अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक छ ।यसमा लामो सिट छ ।  सो मोटर बाइकमा स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु जडान छन् ।  याे १६० सिसी डीटीएस—आई इन्जिनमा छ । यो स्पाइसी रेड र इबोनी ब्ल्याक कलर संस्करणमा पाइन्छ । यसको सुरुवाती मुल्य तीन लाख १९ हजार ९ सय रहेको छ । सो मोटर बाइक बिहीबारदेखि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको  छ ।






Our latest comments