Home / Blogs / जिप कम्पासको २०२३ भर्सन नेपालमा सार्वजनिक; यस्तो छ सवै भेरिएन्ट अनुसारको नयाँ मूल्य
  • Latest Cars
  • 0

जिप कम्पासको २०२३ भर्सन नेपालमा सार्वजनिक; यस्तो छ सवै भेरिएन्ट अनुसारको नयाँ मूल्य

Nepal Auto Trader

Share this News

image

अमेरिकन अटो निर्माता कम्पनी जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पासको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि जीप अटोको आधिकारिक वितरक लाइफ अटोमोवाइल्सले नयाँ भर्सन कम्पासको डेलिभरी दिन सुरु गरेको पनि जनाएको छ । नयाँ भर्सन कम्पास ७ भेरिएन्टमा उपलब्ध रहेको छ । यसको शुरुवाती मूल्य १ कारोड ४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ कम्पास आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरिएको हो ।  


नयाँ कम्पास दुई वटा पावरट्रेनमा नेपाली बजारमा उपलब्ध छ जुन रहेको छ १.४ लिटर पेट्रोल जसले अधिकतम १६२ पिएस पावर र २५० एनएम टर्क प्रदान गर्दछ । त्यसैगरी आर्को २.० लिटर डिजेल इन्जिनमा उपलब्ध छ जसले १७० पिएस पावर र ३५० एनएम टर्क प्रदान गर्दछ । फ्रन्ट ह्विल ड्राइभ दिइएको पेट्रोल भेरिएन्टमा ६ स्पिड म्यानुल र ७ स्पिड डिसिटी ट्रान्समिसन उपलब्ध छ भने फोर ह्विल ड्राइभ दिइएको डिजेल भेरिएन्टमा ६ स्पिड म्यानुल र ९ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको टप स्पीड क्षमता २०२ किलोमिटर रहेको छ भने यसले सून्यदेखि १०० किलोमिटरको स्पीड ८.८ सेकेन्डमा आवरण गर्ने छ ।  


२०२३ जिप कम्पासको लम्बाई ४४०५ एमएम, चौडाई १८१८ एमएम, उचाई १६४० एमएम, २६३६ एमएम ह्वीलवेस र १७८ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४३८ लिटर क्षमताको बुट स्पेश र ६० लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको माइलेज पनि निकै उत्कृष्ट रहेको छ । सो कारले १७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १५३७ केजी रहेको छ । यसमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ ।


नया जिप कम्पासमा सार्प लुकिङ एलइडी लाइट, सिंग्नेचर भर्टिकल क्रोम स्लाट, नयाँ एलइडी डेटाइम रनिङ लाइट, वाइड सेन्ट्रल एयर इनलेट, ट्रापेजोडियल ह्वील आर्क, एलइडी टेललाइट, १०.२ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्यानारोमीक सनरुफ, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस मोवाइल चार्जर, माउण्टेड कन्ट्रोल स्टेरिङ ह्वील, लेदर सिट जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध रहेको छ ।


जीप कम्पास एसयूभीमा ६० भन्दा बढी सुरक्षा फिचर पाउन सकिन्छ । सुरक्षाका लागि कम्पास एसयूभीका सबै भेरियन्टमा ७ वटा एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, ईबीडी सहितको एबीएस, अव्स्टेकल डिटेक्सन, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसैगरी यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, वायरलेस चर्जिङ, पावर्ड लिफ्टगेट, यूकनेक्ट तथा अल्पाइनको ९ वटा स्पिकर र ८ तरिकाबाट एडजस्ट गर्न मिल्ने सिट जस्ता अन्य आधुनिक फिचर पनि पाउन सकिन्छ ।


नयाँ कम्पासको सवैभन्दा सस्तो भेरिएन्ट स्पोर्ट एमटी–पेट्रोलको मूल्य १ करोड ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सवैभन्दा महंयो भेरिएन्ट एस एटी फोर ह्विल ड्राइभ–एटकिो मूल्य १ करोड ५३ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी लिमिटेड(ओ) डिसिटी एटी–पेट्रोल भेरिएन्टको मुल्य १ करोड १९ लाख ९० हजार, एस(ओ) एटी–पेट्रल भेरिएन्टको मुल्य १ करोड २९ लाख ९० हजार, लिमिटेड(ओ) एमटी–डिजेल भेरिएन्टको मुल्य १ करोड २८ लाख ९० हजार, लिमिटेट(ओ) एटी फोर ह्विल ड्राइभ–डिजेल भेरिएन्टको मुल्य १ करोड ४३ लाख ९० हजार र मोड एस एमटी–डीजेल भेरिएन्टको मुल्य १ करोड ३५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




 








Our latest comments