Home / Blogs / यामाहा एमटी १२५ नयाँ फिचर सहित सार्वजनिक
  • Upcoming Bikes
  • 0

यामाहा एमटी १२५ नयाँ फिचर सहित सार्वजनिक

Nepal Auto Trader

Share this News

image

यामाहाले एमटी–१२५ बीएस ६ भर्सनमा सार्वजनिक भएको छ । कम्पनीले तीन नयाँ कलर स्कीममा सो मोटरसाइकल सार्वजनिक गरेको हो । सो बाइक नयाँ वर्षमा न्तर्राष्टिय बजारमा उपलब्ध हुने छ भने नेपाली बजारमा पनि एमटी १२५ छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ एमटी १२५ मा पहिलाको भन्दा अधिक फिचर सहीत बजारमा उतारिएको  छ । सो बाइकको नयाँ कलर एमटी ०९ र एमटी ०७ बाट प्रभावित छ ।


 २०२१ एमटी १२५ मा फ्यूल ट्याङकको साइज समेत बढेको  छ जुन ११ लिटरको फ्युल ट्यांक समावेश गरिएको छ । एमटी १२५ को इन्जिन युरो ५ अन्तर्गत अनुसार अपडेट गरिएको छ । यसका अलावा कम्पनीले खासै कुनै पनि परिवर्तन गरेको छैन । सो बाइकमा १२४ सीसीको सिंगल सिलिन्डर समावेश गरिएको छ जुन पुरानो मोडल अन्तर्गत छ । सो नयाँ मोडलमा सिग्नेचर एलइडी पाइलट ल्याम्प, वाइ फङ्गसनल एलइडी हेड ल्याम्प दिइएको छ भने सस्पेन्सन, च्याचिस, ब्रेक र अन्य थुप्रै पार्टस एमटी १५ बाट लिइएको छ ।




६ स्पीड गियरबक्समा आधारित  यो मोटरसाइकलमा इन्जिनले अधिकतम पावर १४.७ बीएच र पिक टर्क १२.४ एनएम जेनेरेट गर्छ । एमटी १२५ को अगाडि इन्भटेड र पछाडि मोनोसक दिइएको छ । सो मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएस समेत समाबेश छ । सो बाइक अन्तर्राष्टिय बजारमा सार्वजनिक गर्ने पहिलो योजना छ भने नेपाली बजारमा पनि आर्को बर्ष सम्म ल्याउने कम्पनिको योजना रहेको छ ।

Our latest comments