Home / Blogs / होन्डा सीआरएफ ३०० एल र ३०० एल -याली नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

होन्डा सीआरएफ ३०० एल र ३०० एल -याली नेपालमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा होन्डा सीआरएफ ३०० एल र ३०० एल -याली मोटरसाइकल सार्वजनिक भएको छ ।  नेपालका लागि होण्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दुबै मोटरसाइकल बिक्रीका लागि उपलब्ध भएको पनि जनाएको छ । केही दिन अघी विश्व बजार बाट बिक्री सुरु गरिएको दुबै होन्डा सीआरएफ ३०० एल र ३०० एल -याली मोटरसाइकलमा नयाँ इन्जिन, नयाँ स्टाइलिङ र नयाँ फिचर थप गरिएको छ । सो बाइकहरुमा नयाँ लुक्स, मोर्डन फिचर र एड्भान्स टेक्नलोजीको समेत प्रयोग गरिएको छ ।


दुवै मोटरसाइकलमा बीएस ६ मापदण्डयुक्त २८६ सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ८५०० आरपीएममा २७.३२ पीएस पावर र ६५०० आरपीएममा २६.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा असिस्टेड स्लिपर क्लच सहितको ६–स्पिड गियरबक्स दिइएको छ । ३०० एलमा ८ लिटर र -यालीमा १२.८ लिटरको इन्धन ट्यांकी प्रयोग गरिएको छ भने दुवै मोटरसाइकलमा ड्युअल च्यानल एबीएसको प्रयोग गरिएको छ । 


सीआरएफ ३०० एलको लम्बाई २२३० एमएम, चौडाई ८२० एमएम, उचाई १२०० एमएम, १४५५ एमएम ह्वीलवेस र २८५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । सो बाइकको तौल जम्मा १४० केजी रहेको  छ । सीआरएफ -यालीको लम्बाई २२३० एमएम, चौडाई ९२० एमएम, उचाई १४१५  एमएम, १४५५ एमएम ह्वीलवेस र २७७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । सो बाइकको तौल जम्मा १५१ केजी रहेको  छ । 


सीआरएफ ३०० एलको अघिल्लो भागमा हेलोजन इन्डिकेटर सहितको स्ट्यान्डर्ड हेलोजन हेडल्याम्प, हाई–माउन्टेड एक्जस्ट, ठूलो मडगार्ड, मोटोक्रस स्टाइलको सिट, फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको नयाँ एलइडी हेडल्याम्प तथा ब्ल्याक रिम जस्ता बिशेषता छन । यसैगरी होन्डा सीआरएफ ३०० एल -यालीमा टल विन्डस्क्रिन, एक्स्ट्रा कभरेज फेयरिङ, -याप अराउन्ड स्किड प्लेट, फ्ल्यापी ह्यान्डगार्ड,  फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको नयाँ एलइडी हेडल्याम्प जस्ता बिशेषता पाउन सकिन्छ । 


दुवै मोटरसाइकल रेड कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । होन्डा सीआरएफ ३०० एलको नेपाली बजार मुल्य १७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ भने ३०० एल -याली मोटरसाइकलको मुल्य १९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । सीआरएफ भनेको होन्डा मोटरसाइकलको ड्युअल स्पोर्ट मोडल हो जसको सबैभन्दा माथिल्लो श्रेणीको मोडल सीआरएफ ११०० रहेको छ जुन अफ्रिका ट्विन नामबाट पनि चर्चित छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments