Home / Blogs / यामाहाको तिन पाँग्रे स्कुटर ‘ट्राइसिटी २०२०’ सार्वजनिक
  • Latest Bikes
  • 0

यामाहाको तिन पाँग्रे स्कुटर ‘ट्राइसिटी २०२०’ सार्वजनिक

Nepal Auto Trader

Share this News

image

यामाहाले आफ्नो तीन पाङ्ग्रे स्कुटर ‘ट्राइसिटी’को जापानबाट बिक्री सुरु गरेको छ । कम्पनीले उक्त तीन पाङ्ग्रे स्कुटर १५५ सीसी क्षमताको इन्जिनमा ल्याएको छ ।

यामाहाले पुरानो मोडलको तुलनमा नयाँ मोडलमा खासै धेरै परिमार्जन गरेको छैन । कम्पनीले नयाँ ब्ल्यूइस ग्रे कलर अप्सन थपेको छ भने अलोय ह्वीलमा दिइएको व्ल्यू कलरले निकै आकर्षक देखाएको छ । साथै यसमा धेरै स्थानमा व्ल्यू कलर प्रयोग गरिएको छ ।

कम्पनीले यसको अगाडि भागमा दुई चक्का दिएको छ भने पछाडि एउटा मात्र चक्काको प्रयोग गरिएको छ । कम्पनीले यसलाई जापानमा वार्षिक १२०० यूनिट बिक्री गर्ने लक्ष्य बनाएर बिक्री सुरु गरेको जनाएको छ ।

यामाहाले यो स्कुटरमा १५५ सीसी सिंगल सिलिण्डर, वाटर कुल्ड, ४ स्टोक, एसओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १५ पीएस पावर र ६००० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ ।

Our latest comments