फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमाबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ। विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन भएको दावी गरिएको सो गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फमेन्सका साथ २०२० एन्डेभर एसयूभी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभुत्व स्थापित गर्ने आशा राखेको कम्पनीले बताएको छ । उत्कृष्ट पर्फमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । सो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ ।
पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् । २०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डिजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिन का कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।
एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । फोर बाई फोर भेरिएन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।
PREVIOUS NEWS