सुजुकी ग्राण्ड भिटाराको नयाँ जेनेरेशन मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर कम्प्याक्ट एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडलको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । फागुन महिनाको अन्त्यसम्ममा बिक्री शुरू हुन लागेको ब्रेजा विभिन्न ५ भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुने कम्पनिले जनाएको छ । सुजुकीले ब्रेजाको वेस भेरियन्ट एलएक्सआई पनि नेपाल ल्याएको जानकारी दिएको छ । यसअघी ब्रेजा एलएक्सआई नेपालमा उपलब्ध रहेको थिएन ।
नयाँ जेनेरेशन भिटारामा सुजुकीले पुरानै इन्जिनलाई निरन्तरता दिएको छ । यसमा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । ई ड्राइभ सिस्टम भएको भिटारामा सिन्क्रोनास एसी मोटर पनि जडान गरिएको छ । यसमा अटोमेटीक गियरबक्स र ईड्राइभ टेक्नोलोजी जडान भएको छ भने यसमा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स पाउन सकिन्छ । नयाँ भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण यसको माइलेज पहिलेभन्दा धेरै आउने कम्पनीले जनाएको छ ।
ग्राण्ड भिटाराको लम्बाई ३९९५ एमएम, चौडाई १७९० एमएम, उचाई १६८५ एमएम, २५०० एमएम ह्वीलवेस र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३२८ लिटर क्षमताको बुट स्पेश र ४८ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको माइलेज पनि निकै उत्कृष्ट रहेको छ । सो कारले २७.९७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ११०० केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १७० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।
नयाँ जेनेरेशन ग्रान्ड भिटारामा प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी, इन्जिन स्टार्ट/स्टप बटन र वायरलेस चार्जर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा नयाँ इलेक्ट्रिक पानारोमीक सनरुफ पनि रहेको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यसको टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट दिइएको छ ।
यसैगरी यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । यसमा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम, चारवटै चक्कामा डिसब्रेक, डिभाइस लेफ्ट अलर्ट सिस्टम, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छन । यसमा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टस र लक टेरेन मोड रहेको छ भने ड्राइभ कम्फर्टका लागि ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।
नयाँ जेनेरेसन ब्रेजा एलएक्सआई, भीएक्सआई, जेटएक्सआई, जेटएक्सआई प्लस र जेडएक्सआई प्लस डुअल टोन गरी बिभिन्न ५ भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहने कम्पनीले जनाएको छ । एलएक्सआई भेरियन्टको मूल्य ४१ लाख ९९ हजार, भीएक्सआई भेरियन्टको मूल्य ४६ लाख ९९ हजार, जेटएक्सआई भेरियन्टको मूल्य ४९ लाख ९९ हजार, जेटएक्सआई प्लस भेरियन्टको मूल्य ५७ लाख ३९ हजार र जेडएक्सआई प्लस डुअल टोन भेरियन्टको मूल्य भने ५७ लाख ६९ हजार रुपैयाँ निर्धारण गरिएको छ । अहिले ग्राण्ड भिटारा बुकिङ गर्न चाहने ग्राहकले ५० हजारदेखि १ लाख रुपैयाँसम्म तिरेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।