Home / Blogs / फोर्सको नयाँ गोर्खा नेपाल आउँदै; यस्ता छन बिशेषता
  • Upcoming Cars
  • 0

फोर्सको नयाँ गोर्खा नेपाल आउँदै; यस्ता छन बिशेषता

Nepal Auto Trader

Share this News

image

फोर्सको अफरोड एसयूभी गुर्खा अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । भारतीय बजारमा हाल बुकिङ भइरहेको फोर्सको नयाँ गोर्खा एसयूभी नेपाली बजारमा भित्रिने अन्तिम तयारीमा रहेको कम्पनीको भनाइ छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारीक वितरक आयाम इन्टरकन्टिनेन्टलले माघको दोस्रो सातासम्म यसको औपचारिक रपमा सार्वजनिक गरिने जनाएको छ । पहिले नेपालका विभिन्न सडकमा गुर्खाको परिक्षण गरेपछी मात्र यसको बुकिङ लिइने र त्यसपछि मात्र गाडी डेलिभरी गरिने छ । बीएस ६ इन्जिनयुक्त फोर्सको उक्त नयाँ एसयूभी अन्य बजारमा भने सार्वजनिक भईसकेको छ ।


फोर्सको नयाँ गुर्खा मर्सिडिज बेन्जको जी क्लासबाट बक्सी डिजाइनबाट प्रभावित रहेको छ । नयाँ जेनेरेशनको गुर्खामा २.६ लिटर क्षमताको, फोर सिलिण्डर डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ९० बीएच पावर र २५० एनएम टर्क उत्पादन गर्दछ । फोरह्वील ड्राइभ सिस्टम जडान गरिएको सो गाडीमा पाँच स्पिड गियरबक्स दिइएको छ । नयाँ गुर्खाको लम्बाई ४११६ एमएम, चौडाई १८१२ एमएम, उचाई २०७५ एमएम, २४०० एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ५०० लिटर क्षमताको बुट स्पेश र ६३ लिटरको इन्धन ट्याङ्की रहेको छ । 


नयाँ जेनेरेशन फोर्स गुर्खा पहिलो जेनेरेशन गुर्खा भन्दा धेरै फरक रहेको छ । सो एसयूभीको अगाडिको नयाँ बम्पर डिजाइन दिइएको छ भने बम्परको बीचमा ठूलो अक्षरको गुर्खा लोगो रहेको छ । नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, डेटाइम रनिङ लाइट, फ्रन्ट फेण्डरमा इन्डिकेटर, टेलगेट-माउन्टेड स्पेयर व्हिल, नयाँ डिजाइनको ह्वील, न्यू टच स्क्रिन सिस्टम, सेकेण्ड रोमा क्याप्टेन सिट जस्ता फिचर समावेस गरिएको छ । सुरक्षाको लागि सो गाडीमा एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर जस्ता सुविधा पाउन सकिन्छ ।


बीएस ६ मापदण्डयुक्त डिजेल इन्जिनका साथ आएको नयाँ फोर्स गुर्खा ह्वाइट, ग्रे, ग्रिन, ओरेन्ज र रेड कलर अप्सनका साथ उपलब्ध हुनेछ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम सहितको नयाँ ड्यासबोर्ड रहने छ । फोर्सको नयाँ गोर्खा नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । नयाँ गुर्खा विश्वभर चलेको कोभिड १९ महामारीको कारण रोकिएको थियो । नेपाली बजारमा गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार र सुजुकी जिम्नी जस्ता मोडलसँग हुने छ । अब केही दिनमै सार्वजनिक हुने यो गाडी मूल्यबारे भने अहिले खुलाइएको छैन । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments