Home / Blogs / सुजुकी सेलेरियो तीन भेरियन्टमा अब नेपाली बजारमा; यस्तो छ मुल्य
  • Upcoming Cars
  • 0

सुजुकी सेलेरियो तीन भेरियन्टमा अब नेपाली बजारमा; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकी सेलेरियो नयाँ अवतार सहित नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि सुजुकीको आधिकारिक बितरक सिजी मोटोकर्पले सेलेरियो तीन भेरियन्टमा नेपाल आएको जनाएको छ । अबको केही दिनमा नै यसको बिक्री बितरण सुरु हुने कम्पनीले जनाएको छ । निकै आकर्षक लुक्समा सार्वजनिक गरिएको सेलेरियोमा आइडल स्टार्ट–स्टप फिचर थप गरिएको छ भने यसले २६.६८ किलोमिटर प्रति लिटरको उच्च माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । नयाँ सेलेरियो पहिलेभन्दा धेरै पावरफुल हुने कम्पनीले जनाएको छ ।


नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट भीभीटी पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्दछ । हार्टेक्ट प्लेटफर्ममा निर्मित पुरानो सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम रहेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । नयाँ सेलेरियोको चौडाई ५५ एमएम,  ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसलाई कम्पनीले ५ स्पिड म्यानुयल र अटोमेटिक गियरबक्समा बजारमा उपलब्ध गराएको छ ।


नयाँ जेनेरेशन सेलेरियोमा पहिलो पटक इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ भने यसको क्यावीन पहिलेको भन्दा प्रिमियम बनेको कम्पनीले जनाएको छ । सेलेरियोमा अपडेट हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध छन भने यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । सो कारमा आइडल स्टार्ट-स्टप फङसनको साथ पुश स्टार्ट-स्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील पनि समावेश गरिएको छ । 


नयाँ जेनेरेशन सेलेरियोको भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी तीन भेरियन्टमा नेपाली बजारमा भित्रिएको हो । कम्पनीले भिएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार र जेडएक्सआई प्लस भेरियन्टको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । सो कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ । यसले नेपाली बजारमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments