मारुती सुजुकीले लकडाउनमा रहेपनि आफ्नो बी सेग्मेन्ट ह्याचव्याक कार सेलेरियो एक्सको बीएस ६ मोडललाई बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पहिलेको तुलनामा नयाँ मोडलको मूल्य १५ हजार भारु महंगो बनाएको छ ।
कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुसारको १.० लिटर फोर सिलिण्डर इन्जिन यसमा दिएको छ । नयाँ इन्जिनले अधिकतम ६००० आरपीएममा ६७ बीएच पावर र ३५०० आरपीएममा ९० एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।
सेलेरियो एक्सको लम्बाई ३७१५ एमएम, चौडाई १६३५ एमएम र उचाई १५६५ एमएम रहेको छ । यसको ह्वीलवेस भने २४२५ एमएम रहेको छ । यसको अगाडी चक्का डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।
सुरक्षाको लागि सेलेरियो एक्समा एयरव्याग, इन्जिन इमोविलायजर, सिट बेल्ट रिमाइन्डर, चाइल्ड प्रुफ रियर डोर लक, रिभर्स पार्किङ सेन्सर, एबीएस जस्ता फिचर उपलब्ध रहेका छन् ।
नेपाली बजारमा समेत सेलेरियो एक्सको बीएस ४ मोडल बिक्री वितरण हुँदै आएको छ । अहिले नेपाली बजारमा सेलेरियो एक्सको मूल्य २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
PREVIOUS NEWS