जावाले क्लासिक मोटरसाइकल जावा ४२ को नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि जावा मोटरसाईकलको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा ४२ भर्सन २.१ सार्वजनिक गरेको हो । नयाँ भर्सनको जावा मोटरसाइकल पहिलेको तुलनामा निकै उत्कृष्ट र आकर्षक रहेको कम्पनीले जनाएको छ । क्रुजर डिजाइनमा निर्मित भएको सो बाइकलाई जावा ४२ स्पोर्ट्स स्ट्राइप भनेर नाम पनि दिइएको छ । कम्पनीले प्रि–बुकिङ गरिएका बाइकहरु वितरण समेत गरेको छ ।
जावा ४२ भर्सन २.१ मा पहिले जस्तै २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको दिइएको छ जुन इन्जिनले अधिकतम २७.३ पीएस पावर र २७.०२ एनएम टर्क प्रदान गर्दछ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । जावाले यसमा क्रस पार्ट टेक्नोलोजीको प्रयोग गरेको छ जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउँछ ।
जावा ४२ भर्सन २.१ को लम्बाई २१२२ एमएम, चौडाई ७८९ एमएम, उचाई ११६५ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३६९ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १७० केजी रहेको छ । सो बाइकले ३७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसमा १३ स्पोक अलोय ह्विवल रहेको छ ।
नयाँ मोटरसाइकलमा सिट ठूलो दिइएको छ भने यसको इन्जिनमा समेत ट्यूनिङ गरिएको छ । सो मोटरबाइकहरुमा टियरडप फ्युल ट्यांक, वाइड ह्यान्डलबार, सबै एलईडी प्याकेजहरु उपलब्ध रहेका छन भने एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटर र पछाडि इन्टिग्रेटेड टेल लाइट समाबेश छन । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ । जावा ४२ भर्सन २.१ मा अलोय ह्वील, ट्यूवलेस टायर, ट्रिप मिटर, हेडल्याम्प ग्रिल जस्ता नयाँ फिचर रहेको छ ।
जावा ४२ भर्सन २.१ अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध छ । कम्पनीले जावा ४२ भर्सन २.१ को नेपाली बजार मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको जनाएको छ । सो बाइक नेपाल भरिका जावा शोरुममा उपलब्ध रहेको कम्पनीको भनाइ छ । जावा मोटरसाइकलका दुई वटा पक्षहरू यसको सुन्दर डिजाइन र सबल प्रदर्शनले यसले मन मात्र नभई विश्वका थुप्रै टाइटल पनि जितेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।