Home / Blogs / हुलासले अब नेपालमा बिजुली कार बनाउने ।
  • Upcoming Cars
  • 0

हुलासले अब नेपालमा बिजुली कार बनाउने ।

Nepal Auto Trader

Share this News

image

हुलास मोर्टसले नेपालमा ६ महिनाभित्रै विद्युतीय कार उत्पादन गर्ने भएको छ।

बिराटनरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णको काम अन्तिम चरणमा पुगेको हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द्र दासले जानकारी दिए।

‘कम अन्तिम चरणमा छ। अवस्था सामान्य रहे ६ महिनामा हाम्रो कार तयार हुन्छ’ दासले सेतोपाटीसँग भने ‘उत्पादित कार सुरुमा देशका विभिन्न शहरमा टेस्टिङका लागि चलाउँछौँ त्यसपछि बल्ल मास प्रोडक्सनमा जान्छौँ।’

यी कारको राम्रो अप्सन सहित मूल्य १५ देखि १८ लाखसम्म पर्नसक्ने उनले जानकारी दिए।

हुलासले बनाउने विद्युतीय कार ‘फुल चार्ज’मा १६० देखि १७० किलोमिटरसम्म गुड्न सक्ने क्षमताको हुने दासले बताए। अरु विद्युतीय कारको तुलनामा मूल्य कम हुने दावी गर्दै उनले महिनामा १५ वटा जति बिक्री गर्ने लक्ष्य लिइएको बताए।

उनका अनुसार यसमा लिथियम आयन ब्याट्री प्रयोग गरिने छ भने स्पेयर पार्ट सिधै चाइना बाट आयात हुनेछ। हुलासले विद्युतीय कार बनाउन अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरेको छैन। कुनै राम्रो कम्पनीले प्रस्ताव गरे विचार गरिने उनले बताए।

‘हामी पहिले नेपालमा बेच्न केन्द्रित हुनेछौँ, प्रतिकृया राम्रो आए निर्यात पनि गर्न सक्छौँ’ उनले भने। हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ ।

Our latest comments