होन्डाको
अफरोड मोटरसाइकल एक्सआर १५० एल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा यसको
मूल्य ५ लाख तोकिएको छ । मोटरसाइकलमा २४५ मिलिलिटर ग्राउन्ड क्लियरेन्स
रहेको छ चक्काको मोटाइ १३६० मिलिमिटर रहेकोछ । यसमा ५
म्यानुअल गियर रहेको छ भने एकपटकमा १२ लिटर पेट्रोल अटाउँछ । मोटरसाइकलमा
४-स्ट्रोक एयर कुल्ड ओएचभी इञ्जिन जडान गरिएको छ ।
होन्डा एक्सआर १५० अन र अफरोड दुवैका लागि उपयुक्त डर्ट बाइक भएको कम्पनीले बताएको छ ।
होन्डाले पहिले बजारमा ल्याएको यो एक्सआर १५० अरु भन्दा यो थप
क्षमताको छ । यसमा १५० सिसीको एयर कुल्ड
सिंगल सिलिन्डर एसओएचसी इन्जिन छ । एक्सआर १५० एल फ्युल–इन्जेक्सन रहेको पहिलो अफरोडमोटरसाइकल रहेको बताइएको छ । फ्युल इन्जेक्सन भएको यो बाइकले इन्जिनमा चाहिने
मात्र इन्धन आपुर्ती गर्दछ,
जसले गर्दा यो चिसोमा पनि सजिलै स्टार्ट
भई उत्कृष्ट माइलेज र पावर प्रदान गर्ने कम्पनीको दावी छ । चालकको सुविधाको लागि यसमा किक स्टार्ट समेत समावेस छ ।
यी मोटरसाइकल
आल्मुनिमय र फाइबर प्रयोग गरी बनाइएको हुन्छ । तौल कम गराउन सानो इन्धन ट्यांकी
राखिएको हुन्छ । मोटरसाइकलमा प्रयोग गरिएको ‘सक’ निकै फ्लेक्जिबल हुन्छ । होन्डाको नेपाली विक्रेता स्याकार ट्रेडिङले अहिले एक्सआर १५० एल र
सिआरएफ २५० एल मोडल बिक्री गरिरहेको छ । एक्सआर ट्रायल अफ रोड मोटरसाइकल हो ।
अफ रोड मोटरसाइकल खाल्डाखुल्डी भएको सडकमा पनि सहजै कुद्न सक्छ । यी मोटरसाइकलको डिजाइन, प्रविधि र मेटेरियल्स अफ रोडमा चलाउन मिल्ने गरी बनाइएको हुन्छ । झट्ट हेर्दा हेभी देखिने अफ रोड मोटरसाइकल तुलनात्मक रूपमा हलुका हुन्छन् ।
नेपाली बजारमा होन्डा नेपालले नयाँ एक्सआर १९०एल बाइक पनि सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य पाँच लाख ७० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।नेपालको सर्वाधिक बिक्री हुने भनिएको डर्ट बाइक– एक्सआर १५० को सफलतापछि होेन्डा नेपालले होन्डा बिगबाइक वर्ग अन्तर्गत यसलाई थप गरेको जनाएको छ । फ्युल–इन्जेक्सन भएको यस बाइकले इन्जिनमा चाहिने मात्रामा मात्र इन्धनको आपूर्ति गर्ने कम्पनीको भनाइ छ ।
PREVIOUS NEWS
NEXT NEWS