युरोपेली (इटालियन) ब्रान्डको अप्रिलियाले स्टाइलिस स्पोर्ट बाइक बजारमा आएको छ । भेष्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डी लाइफ स्टाइल प्रालिले अप्रिलिया ‘एसएक्स १२५’ र ‘आरएक्स १२५’ मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।
नेपाली प्रिमियम मोटरसाइकल पारखीहरूलाई लक्षित गरी हेभी बाइक भित्रायाएको कम्पनीले जनाएको छ । नेपालमा यो सेगमेन्टको मोटरसाइकल चढ्ने उपभोक्ता भएकाले आफूहरूले यो मोटरसाइकल ल्याएको कम्पनीको दाबी छ ।
१२४.२ सिसी इन्जिन क्षमताका यी दुवै मोटरसाइकलले १० हजार ५ सय आरपिएममा १५ हर्स पावर र ८ हजार आरपिएममा ११.३ एनएम टर्क उत्सर्जन गर्छन्।
अफरोडमा मोटरसाइकल चलाउनेहरुको लागि यी मोटरसाइकल उत्कृष्ट रहेको कम्पनीको दावी छ। ७.५ लिटर इन्धन भण्डारण क्षमताका यी बाइकमा १२५ सिसी सिंगल सिलिन्डर, ४ स्ट्रोक इन्जिन दिइएको कम्पनीले जनाएको छ।
एसएक्समा अगाडि डबल पिस्टन फ्लोटिङ ३०० एमएमको डिस्क ब्रेक र फ्लोटिङ क्यालिपर सहितको २२० एमएम रियर डिस्क ब्रेक छ। आरएक्समा २६० एमएमको अगाडि र २२० एमएमको रियर डिस्क ब्रेक समावेस छ।
सुरक्षको लागि यसमा एबिएस (एन्टी लक ब्रेकिङ सिस्टम) समेत रहेको छ। एसएक्स र आरएक्सले आफ्नो कार्यक्षमता र अविश्वसनीय डिजाइनहरूको साथमा चिन्ह छोड्न खोजेको प्रबन्धक निर्देशक आभूषण ज्योति कंसकारले बताए।
‘आफ्नो श्रेणीमा अद्भुत सवारी अनुभव र प्रदर्शन प्रदान गर्ने उद्देश्यका साथ दुई बाइकको विकास गरिएको हो’ उनले भने। कम्पनीले मोटरसाइकलको मूल्य ७ लाख ९९ हजार निर्धारण गरेको छ।
PREVIOUS NEWS
NEXT NEWS