विगत पचास दशक देखि राम्रो सडक अभ्यास कार्यक्रम अन्तर्गत संयुक्त
राष्ट्र संघले संसार भरिनै विभिन्न देशको सडक संरचना र सडक अभ्यास नियाली रहेको छ।
यसै कार्यक्रम अन्तर्गतनै विभिन्न सडक
सम्वन्धित नीति-नियम, रणनीति, योजना र लक्ष्यहरु पनि निर्माण हुदैँ पनि गरेका
छन्। सन् २००० पछिको
नेपालको सडक दुर्घटना खंगालने हो भने मृतक र घाइतेको संख्या तीब्रताका साथ बृधि
भइरहेको देख्न सकिन्छ। लोकतान्त्रिक अभ्यास
संगै नेपालको यातायात व्यवसाय र सवारी चापमा उलेख्य बृधि भइसकेको छ र यो अनियन्त्रित
हुनु पुर्वनै नेपालले पनि सडक सुरक्षा सुधार गर्न ठोस् कदम र सुरक्षा नीति अवलम्बन
गर्न पर्ने देखिन्छ।
सडक सुरक्षा मापन प्रणालीको विकास र दिगोरुपमा कार्यान्वयन गर्न सडक सुधार नीतिको अभ्यास राष्ट्रिय तवरबाटनै प्रोत्साहन गर्न ध्यान दिनु पर्ने हुन्छ। यस्ता नीति-नियमको अवलम्वन गर्दै सडक रणनीति, योजना र लक्ष्यहरुको निर्माण गर्न राष्ट्र संघले यी पाँच सुरक्षा स्तम्भहरुको बिकास गरेको छ।
स्तम्भ १: सडक सुरक्षा व्यवस्थापन
राष्ट्रिय सडक सुरक्षाका लागि बहुक्षेत्रीय साझेदारको सृजना गर्दै
नेपालले पनि एक प्रमुख एजेन्सी खडा गर्नु पर्ने हुन्छ। यस्ता बहुक्षेत्रीय साझेदारको
मार्गदर्शन अनुरुप यस राष्ट्रिय सडक सुरक्षा अभ्यासलाई दिगोरुपमा कार्यान्वयन गर्न
पर्याप्त धन संचय र लगानी र पूर्वाधार बिकासमा ध्यान दिनुपर्ने हुन्छ | क्र्यास
डाटा संचय र वितरणको सुनिश्चितता गर्न क्षेत्रीय स्तर देखिने एजेन्सीको पहुँच र क्षमता
विकास गर्न पर्छ । यसका साथै संयुक्त राष्ट्र संघीय कानूनी उपकरणहरुको पालन गरि राष्ट्रिय
प्रयासमा सडक सुरक्षा मापन प्रणालीको विकास र प्रोत्साहन गर्दै सडक रणनीति, योजना र लक्ष्यहरु
वितरण गर्नुपर्ने हुन्छ ।
स्तम्भ २: सुरक्षित सडक र गतिशीलता
नेपालले पनि सडक प्रयोगकर्ताहरु, विशेष गरी
सबैभन्दा कमजोर प्रयोगकर्ताको हित अनुरुप सुरक्षात्मक र गुणस्तरीय सडक संजाल
बिकासमा ध्यान दिनु पर्छ। सडक संजालमा निहित पैदल यात्रीहरु, साइकल यात्रीहरु, र मोटरसाइकल
चालकहरुको सुरक्षामा ध्यान दिएर सुध्रिद सुरक्षा पूर्वाधार, सुरक्षा उपकरण र सडक
बिकास, भुमि उपयोग र यातायात प्रणालीको एकीकरणमा लगानी गर्दै क्षमता निर्माण,
ज्ञान हस्तान्तरण र जवाफदेहितामा अधिक ध्यान दिन जरुरि हुन्छ।
स्तम्भ ३: सुरक्षित सवारी साधन
नेपालले पनि संयुक्त राष्ट्र संघको सुध्रिध सुरक्षा
टेक्नोलोजीको मापदण्ड अपनाउदै उपभोक्ता केन्द्रित नयाँ/पुरानो सवारी सुरक्षा
मूल्यांकन मापदण्डको बिकास र कार्यान्वयन गर्न जरुरि छ । सडक प्रयोगकर्ता सुरक्षा केद्रित
उच्चस्तरिय सार्वजनिक तथा निजी सवारीसाधनको उपयोग र प्रयोग संचालनमा लेराउन र सुरक्षा
केद्रित उच्चस्तरिय सवारीसाधनको आयात या उत्पादन गर्ने नीतिगत वित्तीय प्रणालीको
बिकास र प्रोत्साहनमा ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ । यस्ता प्रणालीको बिकास
र प्रोत्साहन बाट सडक रणनीति, योजना र लक्ष्यहरुको निर्माण, बिकास, कार्यान्वयन
गर्न सहजता मिल्छ । यसका साथै कार्यान्वयनमा देखिएका त्रुटी हरुको लेखा जोखा राख्दा
राष्ट्रिय तवरमा सुरक्षित सवारी साधन नीति तथा कार्यक्रमको बिकास गर्न सहजता मिल्छ।
स्तम्भ ४: सुरक्षित सडक प्रयोगकर्ताहरु
नेपाली सडक प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्ने उद्देश्यका
साथ निर्धारित सवारी गति, माधकपदार्थ सेवन, सीट बेल्ट र हेलमेटको प्रयोग बढाउन संयुक्त
सामाजिक अभियान कार्यक्रमहरुको विकास गर्नु पर्छ । यस्ता गतिबिधिहरुलाई
निरुत्साहित गर्न र व्यवहारमा सुधार लेराउन प्रमाण-आधारित मापदण्ड र नियमहरुको
अनुपालन गराउन पर्छ । व्यावसायिक माल ढुवानी र यात्री सेवाहरुको सुरक्षित संचालन र
नौसिखिया चालकहरुको लागी स्नातक उत्तीर्ण चालक लाइसेन्सिंग प्रणालीको स्थापना गर्दै
व्यावसायिक स्वास्थ्य र सुरक्षा कानून निर्माण र कार्यान्वयन गर्न जरुरी छ।
स्तम्भ ५: दुर्घटना पछिको हेरचाह
नेपाल सरकारले आपतकालिन दुर्घटनापछिको पुनर्वास सेवाहरु सुधार्न
र सुधारिएको पुनर्वास सेवाहरु वितरण प्रक्रियामा ध्यान दिनु पर्ने हुन्छ। दुर्घटना
पीडितहरुको लागी आकस्मिक उपचार, आघात हेरचाह र समयमै पुनर्वासको लागी सडक
प्रयोगकर्ता बीमा योजनाहरुमा ध्यान दिनु पर्छ र पूर्ण दुर्घटना छानबिन र पीडित
मुआवजा प्रक्रिया,
र
अपांग दुर्घटना पीडितहरुको रोजगार को लागी प्रोत्साहनमा जोड दिनुपर्छ।