मोटरसाइकल हेलमेटले केहि सुरक्षा मापदण्डहरू पूरा गर्न आवश्यक छ। यसै संग जोडिएको अमेरिका यातायात विभाग (DOT) प्रमाणीकरण र स्नेल (SNELL) प्रमाणीकरण सबैभन्दा प्रख्यात छ | यस्तै युरोपमा मोटरसाइकल हेलमेट सुरक्षाका मापदण्डहरू आर्थिक आयोग (ECE) मापदण्ड अनुरुप गरिन्छ | यी ती मानकहरू हुन् जुन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। त्यस्तै सुरक्षा हेलमेट आकलन र रेटिंग कार्यक्रम (SHARP) ब्रिटेनमा र अष्ट्रेलियामा CRASH रेटिंग प्रणाली सामान्यतवरले प्रचिलित छन् । भारतको बारेमा कुरा गर्दै, मोटरसाइकल हेलमेट भारतीय मानक संस्थान (ISI) प्रमाणित हुनुपर्छ। त्यस्तो प्रमाणीकरण प्राप्त गर्नका लागि हेलमेटले केही परीक्षणहरूको माध्यमबाट जानु पर्छ। यद्यपि, आयोजित परीक्षणहरू एक अर्काबाट फरक छन्। परीक्षणहरू कसरी गरिन्छ बारे थप जानकारी लिनुहोस्।
१. ड.ट (DOT) परीक्षण:
- चुच्चो स्ट्राइकर उचाईबाट हेलमेट माथि खसालेर यसको छिद्र प्रतिरोध र प्रवेश क्षमताको परीक्षण तथा मापण गरिन्छ |
- हेलमेटलाई १.८३ मिटरको उचाईबाट गोलाकार फलामको अचानो (एनवलमा) झरेर यसको प्रभाव परीक्षण गरिन्छ ।
- हेलमेटलाई पुन: १.८३ मिटरको उचाईबाट फ्ल्याट फलामको अचानो एनवलमा झरेर यसको प्रभाव परीक्षण गरिन्छ |
- हेल्मेटको सुनिश्चितता परिक्षण गर्न १३६ किलोग्राम बलको वजन प्रयोग १२० सेकेन्ड सम्म गरेर यसको रिटेन्सन सिस्टमको परिक्षण गरिन्छ |
२. स्नेल (SNELL) परीक्षण:
- अवस्थित स्थिरता परीक्षण गर्न फल्स टाउकोमाथी हेलमेट राखेर निश्चित वजन र निर्धारित उचाइबाट खसालिन्छ | सर्वप्रथम यो पहिले १३५ डिग्रीको कोणमा र त्यसपछि १८० डिग्रीको कोणबाट झारिन्छ | यदि यो हेलमेट टाउको बाट शिफ्ट मात्र भयो भने यसले यो परिक्षा उतिर्ण गर्छ यधपि यदि यसले हेलमेटलाई ढाल्दछ भने यो परीक्षण विफल हुन्छ |
- गतिशील अवधारण परीक्षण अन्तर्गत हेलमेटले अधिकतममा ३० मिमि वा सो भन्दा कम तात्कालिक विक्षेपण गरेमा मात्र अवधारण प्रणाली पास हुन्छ। त्यस्तै यदि यसले २ किलोग्राम र ३८ केजी मेकानिकल लोडलाई समर्थन गर्न सक्दैन भने यसले मर्मत प्रणाली असफल गर्छ |
- चिन बार टेस्ट अन्तर्गत चिन बारको माथिल्लो भाग माथि ५ किलोग्राम तौल बजन भएको धातु चिनबारको केन्द्रबिन्दुमा लक्षित गरी झारिन्छ र यदि चिन बारको अधिकतम तनकाइ तोकिएको दूरी भन्दा लामो भयो भने परीक्षण असफल भएको मानिन्छ ।
- शेल पेनेट्रेशन टेस्ट अन्तर्गत ३ किलोग्राम तौलको सूक्ष्म पोइन्टेड धातु निश्चित उचाईबाट खसालिन्छ र यदि टेस्ट स्ट्राइकर हेलमेट भित्र छिर्यो र टाउकोको फोमको सम्पर्कमा आयो भने यो परीक्षण असफल भएको मानिन्छ ।
- भाइजर पेनेट्रेशन टेस्ट अन्तर्गत भाइजरलाई हेलमेटमा राखेर परीक्षण गरिन्छ | यो परिक्षणमा एयर राइफलको प्रयोग गरि भाइजरको तीन विभिन्न सेन्टरलाइनमा ५०० किलोमीटर प्रति घण्टा को रफ्तारमा गोली हानिन्छ । परीक्षा पास गर्नका लागि राइफलबाट बाहिर आएको तीक्ष्ण नरम सीसा प्यालेटहरू भाइजर प्रवेश गर्नु हुँदैन।
- क्रमबद्ध रुपमा हेलमेटका विभिन्न प्रभावित सतहहरू को अनुकरण स्नेल-नियन्त्रित प्रभाव विश्लेषण यन्त्रले मापन गर्छ ।
३. इसीइ (ECE) परीक्षण:
- प्रभाव परीक्षण गर्न हेलमेटलाई फ्ल्याट फलामको अचानो (एनवलमा) निश्चित उचाई बाट खसालिन्छ र हेल्मेताको पट्टाको स्लिपेज परीक्षण यसै बखत गरिन्छ |
- तनाव-परीक्षण क्षमता गर्नका लागि लगभग ३०० किलोग्राम बजन-बल चिउँदो-पट्टा सामग्रीमा प्रयोग गरिन्छ र चिउँदो-पट्टा सामग्रीको परिक्षण गरिन्छ |
- घर्षण प्रतिरोध परीक्षण अन्तर्गत हेलमेटको शेल परिक्षण गरिन्छ | यो परिक्षण गर्दा हेलमेटको शेलमा ७० किलोग्राम वजनको प्रभाब र यसको विकृतिको परीक्षण गरीन्छ।
- भाइजरलाई हेलमेटको मौलिक अंशको रूपमा हेरिन्छ र यसको परीक्षण सोहि अनुरुप गरिन्छ |

हेलमेटले निश्चित रूपमा परीक्षण पास गर्न धेरै प्रमाणिकारणका तहहरु पार गर्नु पर्ने आवश्यक हुन्छ किनकि हेल्मेट पहिरन मात्र नभई सुरक्षाको कुरा हो। तर प्रश्न यो छ कि परीक्षाहरू कत्तिको प्रभावकारी छन्? वास्तविक विश्व वातावरण प्रयोगशालाको नियन्त्रित वातावरण भन्दा बिल्कुलै फरक हुन्छ तर हेलमेटहरूको परीक्षण एउटा ल्याबमा मात्र सिमित हुन्छ | हेलमेट परीक्षण वास्तवमै महत्त्वपूर्ण हुन्छ तर वास्तविक विश्वमा हुने दुर्घटनाहरू अप्रत्याशित र अराजक हुन सक्छन्। वास्तविक विश्वमा उही कार्य नगरी परिक्षणमा अपवाद भएको हेल्मेटलाई अस्वीकार गर्न सकिँदैन। त्यस्तै, परीक्षणमा कम प्रभावशालि हेलमेट पनि वास्तविक दुनियामा राम्रो मानिएको हुन सक्ने सत्यलाई नकार्न सकिन्न ।