Home / Blogs / ‘जेनेभा मोटर शो’मा उड्ने कार सार्वजनिक
  • Upcoming Cars
  • 0

‘जेनेभा मोटर शो’मा उड्ने कार सार्वजनिक

Nepal Auto Trader

Share this News

image

काठमाडौंको जस्तो ब्यस्त सडकमा जाम परेर हैरान हुँदा उड्ने गाडी भए जाम कुरिरहनु पर्दैनथ्यो भन्ने सोंचाइ सबैलाइ आउँछ। यस्तै फिल्म, कार्टुन र कल्पनामा मात्र सिमित रहेको उड्ने कार सच्चाइमा बदलिने भएको छ।

स्विजरल्याण्डमा आयोजित ८८ औं जेनेभा मोटर शो २०१८मा उड्ने कारको अनावरण भएको छ।

नेदरल्याण्डको मोटर कम्पनीले 'पल भि लिबर्टि' नामक उड्ने कारको निर्माण गरेको हो। १८ मार्च सम्म चल्ने जेनेभा अन्तराष्ट्रिय मोटर शो जेनेभामा यस कारलाइ उतारिएको छ।

यस कारलाई काम र समयको हिसाबले उपभोक्ताले गुडाउन वा उडाउन सक्ने एजेन्सीले जनाएको छ।

'पल भि लिबर्टि' कारमा तीन वटा पाङ्ग्रा रहेका छन्। यसका साथै दुर्इ जना बस्न मिल्ने सिट क्षमता, र गाइरोप्लेन रोल फिचर (हावामा नियन्त्रण हुने) जस्ता अत्याधुनिक साधनको प्रयोग गरेर निर्माण सफल भएको एजेन्सीले जनाएको छ।

यो कार १७० कि.मि प्रतिघण्टा गुड्न सक्ने क्षमता राख्नुका साथै १८० कि.मि प्रतिघण्टा उड्न सक्ने इकोनोमिक्स टाइम्सले जनाएको छ। यो कारको ट्यांङ्कमा एकपटक इन्धन भरेपछि ५ सय कि.मि सम्म उडान भर्न सकिने एजेन्सीले जनाएको छ।

डबल इन्जिनको सहायताबाट उडान भर्न सकिने यो कारलाई ल्याण्ड गराउन पनि सजिलो भएको बताइएको छ। कार ल्याण्ड गरे संगै यसको पंखा र मोटरलाइ सिस्टमको सहायताबाट फोल्ड गर्न सकिने र तत्कालै बाटोमा गुडाउन सकिने एजेन्सीले जनाएको छ।

रोडबाट उडान भर्न १० मिनेट सिस्टम जाँच गर्नमा लाग्ने एजेन्सीले बताएको छ। यसलाई उडाउन छोटो रनवे मात्र भए पुग्ने र ल्याण्ड गर्न बाटो वा घाँसे मैदान उपयुक्त रहने एजेन्सीले जनाएको छ।

यो कार जो सुकैले भने चढ्न नपाउने एजेन्सीले जनाएको छ। यसलाइ खरिद गर्नका लागि गाइरोप्लेन पाइलटको सर्टिफिकेट भएको हुनुपर्ने एजेन्सीले जनाएको छ।

यसका साथै उत्पादक कम्पनीले उडान ट्रेनिङ पनि दिने एजेन्सीले जनाएको छ। यसको मुल्य ५ लाख युरो (६ करोड ४५ लाख रुपैयाँ ) पर्न सक्ने अनुमान गरीएको एजेन्सीले जनाएको छ। हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ । 

Our latest comments