एबीएस
(ABS) वा एन्टी-लक ब्रेकिंग प्रणाली १५०
सीसी भन्दा माथीका सम्पूर्ण मोटरसाइकलहरुका लागि अनिवार्य गरिएको प्रणाली हो । यस
प्रणाली सडक दुर्घटनाहरुका बिरुद्ध एक सिद्ध प्रणालीको रुपमा संस्थापना भइसकेको छ र
यसले सडक सुरक्षाका लागी एक प्रभावकारी विकल्प प्रदान गर्दछ । यस प्रणालीका
अधिकांश घटकहरु पांग्रा-संग जोडिएको हुन्छन् र सवारीको पांग्राको गति मापन गर्दै ब्रेक
दबाव र स्थिरता समायोजन गर्छन् । यो प्रणालीले बाटोमा सवारीलाइ स्थिर राख्न र
अनियन्त्रित फिसलन बाट वाहनलाई रोक्न मद्दत गर्दछ। आपतकालीन अवस्थामा ब्रेक प्रयोग
गर्दा पांग्राको चक्का लक हुन बाट रोक्न र सडक सतहहरुमा बाइकको स्थिरता कायम राख्न
पनि यसले मद्दत गर्दछ ।
एबीएस (ABS) प्रणालीका
प्रमुख अंगहरु
- इलेक्ट्रोनिक स्पीड सेन्सर : पांग्राको
केन्द्रमा स्थित यस उपकरणले गति र वाहनको गतिशिलता मापन गर्दछ।
- दांती युक्त्त चक्का : डिस्क
ब्रेकको छेउमा अवस्थित यस उपकरणले पांग्राको गति पढ्न मद्दत गर्दछ।
- इलेक्ट्रोनिक नियन्त्रण इकाई (ECU): यात्री
सीटमा स्थित यस उपकरण एक माइक्रोप्रोसेसरको रूपमा कार्य गर्दछ र वाहन सम्बन्धित सम्पूर्ण
गतिविधि स्टोर र मापन गर्न जडान भएको हुन्छ छ।
- बिधुत नियन्त्रक भल्भ: ECU को छेउमा अवस्थित यस उपकरण ब्रेक
सिलिन्डरमा दबाव नियन्त्रण गर्न मद्दत गर्दछ।
एबीएस (ABS) मोटरसाइकल
मा कसरी काम गर्दछ?
- छिटो सवारी चलाउने चालकहरुले आपतकालीन अवस्थामा
ब्रेक लगाउँदा सवारीमा ब्रेक दबाव पर्ने र फिसलन हुने सम्भावना उच्च हुन्छ। यस अर्थमा
एबीएस नियन्त्रण इकाईले ब्रेक दबाव कम गर्दै पांग्रा तुरुन्तै लक हुने समस्यालाई निउनीकरण
गर्छ र एक सवारलाई आपातलाकिन स्थितिमा बाइक रोक्न मद्दत गर्छ।
- यो प्रणालीले लगातार पांग्राको
गति मापन गर्ने हुँदा, गुडी रहेको सवारीको पांग्राको चक्का घुम्न बन्द भए यसले ब्रेक-दबावमा
हस्तक्षेप पुराउंछ। यसो गर्दा एक सवारलाई पहिया स्थिर राख्न र आपतकालिन स्थितिको
समयमा पूर्ण बल प्रयोग गरि ब्रेक लागू गर्दा पनि सवारीलाई स्थिर राख्न र फिसलानका
कारण हुने दुर्घटनाहरु रोक्न मद्दत गर्दछ।