Home / Blogs / इलेक्ट्रीक कम्पनी Ujet ले फोल्डिङ्ग स्कुटर सार्वजनिक गरेको छ
  • Upcoming Bikes
  • 0

इलेक्ट्रीक कम्पनी Ujet ले फोल्डिङ्ग स्कुटर सार्वजनिक गरेको छ

Nepal Auto Trader

Share this News

image

लग्जम्बरको एउटा इलेक्ट्रीक कम्पनी (Ujet) ले अनौठो स्कुटरको प्रदर्शनी गरेको छ । कम्पनीले ‘कन्जुमर इलेक्ट्रोनिक्स शो’मा उक्त स्कुटरको सार्वजनिक गरेको हो । उक्त प्रदर्शनी जनवरी २०१८ मा भएको थियो । 

स्कुटरको डिजाइन यूनिक रहेको छ । यसलाई पट्टाएर ब्यागको आकारमा परिणत गरि सजिलै लिएर हिड्न सकिने छ । सहज ठाँउमा खोलेर स्कुटरको रुपमा प्रयोग गर्न सकिने छ । यसको तौल करिब ३२ किलोग्राम रहेको छ । 

यस स्कुटरमा हेड लाईट र टेल लाईट एलइडी दिइएको छ । साथै, यसमा ब्रेकलाईट पनि एलइडी नै दिइएको छ । स्कुटरमा ३ राइडिङ मोड दिइएको छ । जसमा ईकोनोमी, नर्मल र स्पोर्ट मोड रहेको छ । आफ्नो आवस्यकता अनुरुपको मोडमा चलाउन सकिन्छ । 

यसमा ३ जी, जीपीएस, वाईफाई, ब्लुत्युथ, युएसबी पोर्टजस्ता सुविधाहरु रहेका छन् ।  यो इलेक्ट्रीक स्कुटर निकै पावरफुल रहेको छ । ५.४४ बीएचपीको पावरमा ९० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । 

यस स्कुटरमा दुई किसिमको ब्याट्री दिइएको छ । एउटा छोटो ब्याट्री जसले फुलचार्जमा ७० किलोमिटर माइलेज दिन्छ भने, अर्को ठूलो ब्याट्री जसले १५० किलोमिटर माइलेज दिने छ ।

दुबै स्कुटरको ब्याट्री २ घन्टामा फुलचार्ज हुन्छ । यसमा भएको ब्याट्री पावर बैंक जस्तै रिमुबेवल हुन्छ । जस्लेगर्दा सजिलै झिक्न र जोड्न सकिने छ । 

सानो ब्याट्री प्याक जडान भएको स्कुटरको मूल्य ७ हजार बेलायती पाउन्ड रहेको छ भने, ठूलो ब्याट्री रहेको स्कुटरको मूल्य ८ हजार पाउन्ड रहेको छ ।

SOURCE:

Our latest comments