Home / Blogs / बन्द गरियो टिभीएसको ‘जुपिटर ग्रान्ड’ स्कुटर ।
  • Auto News and Updates
  • 0

बन्द गरियो टिभीएसको ‘जुपिटर ग्रान्ड’ स्कुटर ।

Nepal Auto Trader

Share this News

image

टिभीएस जुपिटर कम्पनीले आफ्नो जुपिटर ग्रान्ड एडिसन बन्द गरेको छ।

जुपिटर ग्रान्ड भेरियन्टको सट्टा कम्पनीको ‘जुपिटर जेडएक्स’ प्रश्तुत गरेको छ। जुपिटरको यो नयाँ भेरियन्टलाई जुपिटर ग्रान्डको भन्दा थप बिशेषता सहित प्रश्तुत गरिएको कम्पनीको भनाइ छ।

यो ड्रम ब्रेक र डिस्क ब्रेक भेरिएन्टमा उपलब्ध छ। भारतमा टिभीएस जुपिटर जेड एक्सको ड्रम भेरियन्टको मूल्य ५६ हजार ९३ रुपैयाँ(भारु) रहेको छ। यसको डिस्क ब्रेक भेरियन्टको मूल्य ५८ हजार ६ सय ४५(भारु) रुपैयाँ रहेको छ।

नयाँ अपडेट भएको जुपिटर जेडएक्स एलइडी हेडलाइट, एक सेमी डिजिटल इन्स्टुमेन्ट कंसोल र एक एड्जस्टेबल रियल मोनोसका साथमा सार्वजनिक भएको कम्पनीले जनाएको छ।

यो सबै बिशेषता जुपिटर ग्रान्डमा पनि थिए तर ‘जुपिटर ग्रान्ड’ भन्दा ‘जुपिटर जेडएक्स’ बढी किफायति रहेको कम्पनीको दाबी छ।

यो नयाँ भेरियन्टमा जुपिटर ग्रान्डका केही फेन्सी बिशेषताहरु हटाएको छ। ग्रान्डमा नयाँ सिट कभर पेनट, क्रोम इन्सर्टस् जस्ता फिचरर्स यसमा हटाइएको छ।

यो नयाँ स्कुटर स्टारलाइट ब्ल्यू र रोयल व्हवाइट कलरमा उपलब्ध छ। कम्पनीका अनुसार यसमा १०९.७ सिसी सिंगल सिलेन्डर, एयर कोल्ड इन्जिन दिइएको छ। यसमा ८ बिपिएच र ८.४ एनएम टर्क जेनेरेट हुन्छ। ब्रेक लगाउँदा यसमा अगाडिको चक्काका लागि २२० एमएम डिस्क रहेको छ।

नेपाली बजारमा टिभीएसको ‘जुपिटर क्लासिक’को बिक्री बितरण भइरहेको छ। ‘जुपिटर ग्रान्ड’ स्कुटर नेपाली बजारमा प्रवेश नगर्दै यसको उत्पादन बन्द भइ नयाँ भेरियन्टमा प्रश्तुत हुने भएको छ।

Our latest comments