Home / Blogs / हुन्डाइको ' द अल न्यु स्यान्ट्रो' नेपाली बजारमा
  • Latest Cars
  • 0

हुन्डाइको ' द अल न्यु स्यान्ट्रो' नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा हुन्डाइको द अल न्यु स्यान्ट्रो सार्वजनिक भएको छ। हुन्डाइ गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले अल न्यु स्यान्ट्रो सार्वजनिक गर्न गरेको हो।

गाडी सार्वजनिकपछि बुकिङका लागि आब्हान गरेको कम्पनीले जनाएको छ। अल न्यु स्यान्ट्रोको सुरुवाति मुल्य २४ लाख रुपैयाँभन्दा माथि रहने अनुमान गरिएपनि मुल्य भने सार्वजनिक गरिएको छैन ।

कुनै बेलामा निकै नै चर्चित रहेको ब्रान्ड स्यान्ट्रो यो वर्ष पुनः लन्च गर्न लागिएको हो। नयाँ स्यान्ट्रोको पछिल्लो भागमा एसी भेन्ट्स दिइएको छ ।

१.१ लिटर पेट्रोल इन्जिनयुक्त नयाँ स्यान्ट्रो म्यानुअलका साथै स्मार्ट अटोमेटिक गियरबक्सका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ। इरा, म्याग्ना, स्पोर्टेज, स्पोर्टेज र आस्टा गरी ५ भेरिएन्टमा कार उपलब्ध छ।

स्यान्ट्रोमा दुइवटा एयरब्याग छ। स्टेयरिङ माउन्ट अडियो कन्ट्रोल सिस्टम गाडीमा जडान गरिएको छ । टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम गाडीमा छ। जुनमा एन्ड्रोइड अटो र एप्पलकार प्ले सपोर्ट गर्छ ।

११ सय सीसी इन्जिन क्षमताको भएको यो कार पेट्रोल इन्जिनमा आधारित छ। ५ स्पिड म्यानुअल र अटोमेटिक गियर अप्सनमा पनि कार उपलव्ध हुने कम्पनीले बताएको छ।

Our latest comments