नेपाली बजारमा दुईपाँग्रे सवारी साधन विक्री वितरण गर्ने सबै जसो कम्पनीसँग बीएस ४ १२५ सीसी स्कुटर उपलब्ध रहेको छ । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा उत्कृष्ट स्कुटरहरु उपलब्ध रहेका छन् जसमध्य सुजुकी एसेस १२५ पनि पर्ने गर्दछ । सुजुकीको लागि नेपालको आधिकारीक वितरक भीजी सुजुकीले बीएस ६ स्कुटर सुजुकी एसेस १२५ को बीएस ६ भर्सन नेपालमा ल्याएको छ । यो स्कुटर निषेधाज्ञा खुलेसँगै विक्री सुरु हुनेछ ।
कम्पनीले नेपाल ल्याएको बीएस ६ इन्जिन एसेसमा भने पुरानो मोडल भन्दा केही परिर्वतन गरेको देख्न सकिन्छ । सो स्कुटरमा १२४ सीसी बीएस ६ इन्जिन रहेको छ जुन इन्जिनले ७००० आरपीएममा ८.५८ पीएस पावर तथा ५००० आरपीएममा १०.२ एनएम टर्क जेनेरेट गर्दछ । यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक रहेको छ भने यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा स्वीङ आर्म सस्पेन्सन रहेको छ ।
कम्पनीले सुजुकी एसेस १२५ मा नयाँ एलइडी लाइट, एलइडी पोजिनशन लाइट, ब्याक फ्यूल ट्याङक, कम्बी ब्रेकिङ सिस्टम जस्ता फिचरहरु थप गरेको छ । भीजी सुजुकीले सो बीएस ६ स्कुटर निषेधाज्ञा खुलेसँगै नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । सो स्कुटरको नेपाली बजार मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ । सो स्कुटरले टीभीएस, यामाहा, हिरो, होन्डा,अप्रिलिया जस्ता कम्पनीका स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।