यसअघि नेपालमा चिनियाँ अन्नालिफान बाइकको एसेम्बल प्लान्ट सञ्चालनमा आएको थियो । तर, अहिले सो प्लान्ट बन्द अवस्थामा छ । बजाजको अहिले सञ्चालनमा आएको प्लान्टबाट १२५ सीसीको बजाज डिस्कभरको उत्पादन थालिएको गोल्छा अर्गनाइजेनका प्रवन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।
नेपालमा सर्वाधिक रुचाइएको बाइकका रुपमा परिरिचत बजाजले यहाँ नै उत्पादन थाले पनि तत्काल मूल्य भने घटबढ नहुने भएको छ । विशेष गरी सरकारले नेपालमा बाइक एसेम्बल गर्न आवश्यक कर छुटको व्यवस्था नगर्दा समस्या भएको गोल्छाले बताए ।
‘हामीले सरकारबाट मूल्य घटाउन प्रोत्साहन मिल्ने गरी कुनै सुविधा पाएका छैनौं । गतवर्षको बजेटले हामी जस्तो उदोगलाई दिने अन्तशुल्क छुट पनि घटाइदिएको छ’ गोल्छालेभने,’सरकारले वातावरण बनायो भने मात्रै हामी मूलय घटाउन सक्छौं ।’
बजाजको एसेम्बल प्लान्टमा दक्ष र अदक्ष गरी झण्डै सय जनाले रोजगारी पाएको जानकारी उनले दिए । कम्पनीमा अहले दैनिक ३० वटासम्म बाइक एसेम्बल गरिँदैछ ।
झण्डै ७० करोडको लागतमा तयार भएको यो प्लान्टलाई विस्तार गरेर डेढ वर्षभित्र पल्सर उत्पादलन पनि थाल्ने योजना छ । त्यसका लागि झण्डै २० देखि ३० करोड थप लगानी गरिने गोल्छाले बताए ।
‘हामी यसबाट अनुभव हासिल गरेर १५० सीसीको पल्सर नेपालमा उत्पादन थाल्न चाहान्छौं,’ गोल्छाले भने,’यसले नेपालमा उत्पादनमुलक उद्योगको प्रवर्द्धनका लागि एउटा सकारात्मक सन्देश पनि दिनेछ ।’ हामीलाई अन्लाईन खबर बाट जानकारी प्राप्त भएको छ ।