पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोग एकदमै बढिरहेको छ जसको कारणहो पेट्रोल र डिजेलको मुल्य बढनु । नेपालमा धेरै ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन भित्रिएका छन त्योमध्ये एक हो ‘एनआइयू’ । एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नेपाली बजारमा विद्युतीय स्कुटरहरुको बिक्री बितरण गर्दै आएको छ । इको इन्फिनिटी प्रालिले झन्डै चार वर्षअघि यो ब्राण्ड नेपाल भित्र्याएको थियो । कम्पनीले हालै नयाँ मोडल एनआइयू गोभा०३ पनि सार्वजनिक गरेको छ । एनआइयूका विभिन्न मोडलको नेपाली बजार मूल्यसूची यस प्रकारको छ ।
एनआइयूका विभिन्न मोडलको मूल्यसूची:
| मोडल | मूल्य |
| एनआईयू एनक्युआई | रु. २,५५,००० |
| एनआईयू एनजिटी | रु. ४,४५,००० |
| एनआईयू एमक्युआई | रु. १,९५,००० |
| एनआईयू एमक्युआई प्लस | रु. २,३९,००० |
PREVIOUS NEWS