मारुती सुजुकीले नेपाली बजारमा नयाँ अवतारको अल्टो सार्वजनिक गर्ने भएकाे छ। कम्पनीले यसको टेस्टिङ समेत सुरु गरिसकेको भारतीय संचार माध्यमले जनाएका छन्।
नयाँ जेनेरेसनको अल्टो ठुलो, फराकिलो र शक्तिसाली हुने कम्पनीले जानकारी दिएको छ।
नयाँ जेनेरेशनको अल्टोमा ६५८ सिसीको इन्जिन छ जसले ५३ बिपिएच पावर जेनेरेट गर्छ। त्यस्तै यसको टर्बो इन्जिनले ६२ बिपिएच पावर जेनेरेट गर्ने बताइएको छ।
नयाँ आउने अल्टोमा एन्टी लक ब्रेकिङ सिस्टमको साथमा एयर ब्याग समावेश गरिएको छ। यो कारले प्रतिलिटर ३२ किलोमिटरको माइलेज दिने अनुमान गरिएको छ।
नयाँ मारुती सुजुकी अल्टो ८०० को एक्सटेरियरको फ्रन्टमा स्टाइलिङको लागि नयाँ ग्रिल र बम्परको साथमा ठूलो एयर इन्टेक दिइएको छ । साथै इन्टेरियरमा नयाँ ड्युअल टोन ड्यासवोर्डको साथमा स्टेयरिङ ह्विल समावेश गरिएको छ । यसको बेस भेरिएन्टमा युएसबी र एयुएक्स कनेक्टिभिटी भएको अडियो सिस्टम जडान गरिएको छ ।
मुख्य फिचर्स
– एसी, पावर स्टेरिङ, पावर विन्डो
–सेन्टर लकिङ, फेब्रिक सिट
– ४ वटा स्पिक सँगै स्टिरियो सिस्टम
– अप्सनल एयरब्याग र अप्सनल अटोमेटिक म्यानुअल ट्रान्समिसन
PREVIOUS NEWS