Home / Blogs / टाटाको कम्प्याक्ट सेडान ‘टिगोर’ नयाँ रुपमा नेपाल आउँदै ।

टाटाको कम्प्याक्ट सेडान ‘टिगोर’ नयाँ रुपमा नेपाल आउँदै ।

Nepal Auto Trader

Share this News

image

भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले छिट्टै आफ्नो नयाँ कम्प्याक्ट सेडान ‘टिगोर’ बजारमा ल्याउने भएको छ । कम्पनीले अटो एक्सपो २०१६मा कन्सेप्ट कार काइट-५का रुपमा प्रदर्शन गरेको थियो ।

टिगोरको ह्याचब्याक संस्करण यसअघि नै बजारमा छ । टाटा मोटर्सको प्यासेन्जर भहिकल युनिटका अध्यक्ष मयंक पाकिरले यसलाई बजारमा ल्याउन तीव्र गतिमा काम भइरहेको बताएका छन् ।

उनले यो कायर बजारमा विशेष अवतारका साथ उत्रिने दावी गरे । यसले  बजारमा मारुतिसुजुकीको डिजायर, होण्डाको अमेज र फोर्डको एक्पायर तथा भक्ववागनको एमियोसँग प्रतिस्पर्धा गर्नेछ । 

नयाँ टाटा टिगोरमा सर्वाेत्कृष्ट बनावट, आकर्षक भित्री बनावट, अतुलनीय आराम, नेक्स्ट जेनेरेसन एच.एम.आई, सर्वाेत्कृष्ट सुरक्षा तथा उत्कृष्ट कार्य क्षमता आदि विशेषता रहेका कम्पनीले जनाएकाे छ। टाटाले टिगोरबाट प्राप्त प्रतिक्रियाहरुलाई समेट्दै आफ्ना ग्राहकका लागि अझ परिस्कृत रुपमा अल न्यू टिगोरलाई नेपाल भित्र्याउन लाइएको  हो।

कम्पनीका अनुसार नयाँ टिगोर निकै सुविधा सम्पन्न, आकर्षक, आरामदायी र अझै सानदार भएर आएको छ। यसका थप गरिएका सुविधा र फिचर्सहरुले ग्राहकलाई थप आकर्षित गर्ने विश्वास कम्पनीलाई छ।

नयाँ टिगोरमा क्रस्टिलबाट प्रभावित भएको एलईडी ल्याम्प पनि राखिएको छ। यस्तै डुअल च्याम्बर्ड प्रोजेक्टर हेडल्याम्पले यसलाई अझ स्तरीय बनाएको छ। जसमा स्पार्क्लिंग क्रमि फिनिस दिइएको छ।

सुरक्षाका मामिलामा पनि यो कार अब्बल भएर आएको छ। बेस अप्सनदेखि नै डुअल एयरब्यागको सुविधा राखिएको छ। जसमा स्टान्डर्ड फिचर लोड गरिएको छ। यसको आर्किटेक्चरलाई रिलायबल बनाइएको छ। नयाँ टिगोरमा हाई क्वालिटीको ८ स्पीकर सिस्टम जोडिएका छन्। नयाँ टिगोरमा एबीएस विद ईबीडी एन्ड सीएससी फिचर्स पनि छ।

यो सेडानको मूल् यभारतीय बजारमा ५.९५ लाख भारु देखि ९.५५ लाख भारुसम्म पर्ने अनुमान छ, नेपालमा भने ३० देखी ४० लाख सम्म पर्ने अनुमान छ । कम्पनीले सन् २०२०  सम्म भारतको प्रमुख ३ कार कम्पनीभित्र पर्ने लक्ष्य राखेको छ । कम्पनीले केही समयअघि मात्रै भारतीय बजारमा हेक्जालाई उतारिसकेको छ । 

यसमा डिजेल र पेट्रोल इन्जिनको विकल्प दिएको कम्पनीले जनाएको छ । १.२ रेभोट्रोन पेट्रोल इन्जिनले ८५ पीएस पावरका साथै ११४ एनएम टर्क उत्पादन गर्छ । १.०५ रेभोटर्क डिजेल इन्जिनले ७० पीएस पावरका साथै १४० एनएम टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ भने, एएमटी लगाइएको छ । यसमा उपलब्ध इन्जिन बीएस–६ मापदन्ड अनुुसार रहेको कम्पनीले जनाएको छ । 




  • tags

Our latest comments