नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ क्रेटालाई ‘दि अल्टिमेट एसयुभी’ नाम दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘नयाँ क्रेटा दी अल्टिमेट एसयूभि’को ६ वटा संस्करणमा बजारमा ल्याएको हो । कम्पनीले नयाँ क्रेटा भर्चुअल माध्यमबाट सोमबार सार्वजनिक गरेको थियो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटामा आफ्नो दशैं-तिहार स्कीम अन्तर्गत केही रकम छुट पनि दिने भएको छ ।
हुन्डाईले नयाँ क्रेटामा विभिन्न विशेषताहरु थप गरेर ल्याएको छ। नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध रहेको छ। नयाँ क्रेटामा ट्रान्समिसनको अप्सन ६ स्पिड रहेको छ जुन‚ सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ। साथै अप्सनल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ पेट्रोल मोटरको लागि आइभिटी अटोमेटिक रहेको छ । नयाँ क्रेटामा अल-न्यू-टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ सेन्टिमिटरको एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्टेरिङ्ग छ ।
सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै एएचएसएसकाअन्य विभिन्न सुरक्षात्मक विशेषताहरु जस्तै: फ्रन्ट डुअल एयर ब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल लगायतका फिचर्स रहेका छन् । साथै माउन्टेड कन्ट्रोल, १७.७८ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटो हेल्दी एयर प्यूरिफायर र स्मुथिङ ब्लु एम्बियन्ट लाइटिङ रहेको छ।
विभिन्न ६ भेरियन्टमा नेपाल आएको नयाँ क्रेटाको पेट्रोल भेरियन्ट इएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार, एस भेरियन्टको ५२ लाख ९६ हजार, एसएक्स भेरियन्टको ५९ लाख ९६ हजार र एसएक्स सिभिटी भेरियन्टको ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यसैगरि कम्पनीले डिजल इन्जिनमा दुई भेरियन्ट ल्याएको छ । जसको सुरुवाती भेरियन्ट इ को मूल्य ४३ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ । नेपाली ग्राहकको लागी हुन्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ। हुन्डाईले सदैव आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।
PREVIOUS NEWS