Home / Blogs / अब फोर्डको नयाँ एसयूभी भारतमा उत्पादन हुने
  • Upcoming Cars
  • 0

अब फोर्डको नयाँ एसयूभी भारतमा उत्पादन हुने

Nepal Auto Trader

Share this News

image

महिन्द्रासँगको पर्टनरसिपमा फोर्डले नयाँ एसयूभी ल्याउने भएको छ । अहिले उक्त एसयूभीलाई ‘फोर्ड डब्ल्यू-६०५’ कोण नेममा उत्पादन गरिरहेको कम्पनीको भनाई छ । यही प्ल्याटफर्ममा महिन्द्राले नयाँ जेनेरेशन एक्सयूभी ५०० को पनि उत्पादन गरिरहेको छ । महिन्द्रा एक्सयूभी ५०० लाई भने ‘महिन्द्रा डब्ल्यू–६०१’ कोण नेम दिइएको छ ।

कम्पनीले यी दुई मध्ये पहिला महिन्द्रा एक्सयूभी ५०० को नयाँ जेनेरेशनको बिक्री सुरु गर्ने छ । त्यसपछि मात्रै फोर्डको नयाँ एसयूभी बजारमा आउने छ । महिन्द्रा इन्डियाका सीइओ तथा एमडी पवन गोइन्काले यी दुबै गाडीमा समान इन्जिन रहने जानकारी दिएका छन् । २.० लिटर इन्जिनमा आउने यी कारमा टि-जिडीआई टर्बोचार्ज्ड फोर सिलिण्डर पेट्रोल इन्जिन रहने छ ।

उक्त इन्जिनले अधिकतम ५००० आरपीएममा १९० हर्स पावर र १७५० देखि ४००० आरपीएममा ३८० एनएम टर्क प्रदान गर्ने छ । साथै यी गाडी २.० लिटर डिजल इन्जिनमा पनि उपलब्ध रहने छन् ।

तर, यी दुबै एसयूभीको डिजाइनमा भने निकै ठूलो भिन्नता रहने बताइएको छ । महिन्द्रा एक्सयूभी ५००को तुलनामा फोर्डको सि-एसयूभी निकै प्रिमियम र लग्जरी हुने बताइएको छ । यसलाई सन् २०२१ को सुरुवातबाट बजारमा ल्याउने अनुमान गरिएको छ ।

Our latest comments