Home / Blogs / नाडा अटो शोमा कार भन्दा महंगो बाइक

नाडा अटो शोमा कार भन्दा महंगो बाइक

Nepal Auto Trader

Share this News

image

तपाईले चढिरहनुभएको मोटरसाइकलको मूल्य कति हो ? २ लाख, ३ लाख कि ७ लाख।सामान्यतया हामीले चढ्ने बाइकको मूल्य यस्तै नै हो। तर यसपालीको नाडा अटो शोमा ६१ लाख सम्मको बाइक राखिएकको राखिएको छ।

भकृटीमण्डमा चलिरहेको नाडा अटो शोमा मोटरसाइकल तथा स्कुटीका स्टकलमा ग्राहकको भीड छ । शोमा दुई वटा महंगा बाइकले निकै चर्चा बटुलेका छन्, ती हुन् एभी अगस्टाको ‘ब्रुटाले ८०० आरआर एलएच ४४’ र ‘एफ फोर-१०००’ ।

मोटरसाइकल उत्पादक कम्पनी एमभी अगस्टाको लागि नेपालका लागि आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमीटेडले अटो शोमा ४३ देखि ७४ लाख सम्मका मोटरसाइकल प्रदर्शनीमा राखेको छ।

ब्रुटाले ८०० आरआर एलएच ४४ को मूल्य ७३ लाख ९० हजार छ भने एफ फोर-१०००को ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम भी अगस्टा मोटरसाइकलको नेपाल विक्रेता गियर भेञ्चर प्रालिले यी बाइकलाई नेपाल ल्याएको हो । अर्डर भऐमा केही समयभित्रै कम्पनीले यी बाइक डेलिभरी गर्नेछ ।

स्पोर्टी यी बाइकहरु निकै लक्जरी र शानदार छन् । हेर्दा मात्रै हैन, चलाउाद पनि यसले सडकमा आफ्नो स्फुर्ति र स्टाइल देखाउँछ । विश्वका सबैभन्दा शक्तिशाली नेकेड स्पोर्ट्स बाइक उत्पादक हो एमभी अगस्टा ।

कम्पनीको ७४ लाख मूल्यको ‘ब्रुटाले ८०० आरआर एलएच ४४’ बाइकले १४० हर्सपावर र ८७ एनएम टर्क उत्पादन गर्छ । विश्वमा १७४ वटा मात्रै यो मोडलका बाइक उत्पादन भएका छन् । नेपाल ल्याइएको बाइक दक्षिण एसियामै पहिलोपटक आएको ब्रुटाले ८०० आरआर एलएच ४४ मोडल हो । यसमा कार्वन फाइबर कम्पोनेन्ट र मेसिन्ड बिलेट कन्ट्रोल फिचर्स छ । यसमा लिक्विड र आयल रेडियटर कुलिङ प्रविधि जोडिएको छ ।

६१ लाख मूल्यको ‘एफ फोर-१०००’ मोडलको बाइकले पनि धेरैको ध्यान तानेको छ । यो मोटरसाइकल ९ सय ९८ सीसी इन्जिन क्षमताको हो ।यो बाइकमा ४ सिलिन्डरको इन्जिन छ । यो बाइकले १३४०० आरपीएममा १९५ हर्स पावर शक्ति उत्पादन गर्छ । अधिकतम् ९६०० आरपीएममा १०.८ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिन म्यानेजमेन्ट सिस्टम टर्क कन्ट्रोलमा ४ वटा म्याप्स र ८ तहको इन्टरभेन्सन राखिएको छ । यो बाइक १९१ केजी तौलको छ । १७ लिटरको इन्धन ट्यांकी छ ।

कम्पनीले ५७ लाख ९० हजार मूल्यको टुरिज्मो पनि प्रदर्शनमा राखेको छ ।




Our latest comments