Home / Blogs / महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो नेपाली बजारमा; यस्तो छ मूल्य
  • Latest Cars
  • 0

महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो नेपाली बजारमा; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो उपलब्ध भएको छ । नेपालको लागि महिन्द्राको आधिकारी बिक्रेता अग्नी इनकर्पोरेटले हाल नेपाली बजारमा इटुव प्लस बिक्री वितरण गर्दै आएको छ भने अब अर्को इलेक्ट्रीक कार ई–भेरिटो पनि थप् गरेको छ । सो इलेक्ट्रीक कार ‘ई–भेरिटो’ नाडा अटो शोमा प्रर्दशनी गरिने कम्पनीले जनाएको छ । महिन्द्राको ई भेरिटो सेडान कार हो जुन २०१६ मा पहिलो पटक सार्वजनिक भएको थियो । 


ई–भेरिटोमा ७२ भोल्टको मोटर दिइएको छ जुन मोटरले ४० बीएचपी पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्दछ । ई–भेरिटोमा अवस्थित ब्याट्री प्याकले एक पटकको फुल चार्जमा एक सय १० किलोमिटरसम्म रेन्ज प्रदान गर्दछ । सो इलेक्ट्रिक कारमा फास्ट चार्जिङ सिस्टम पनि रहेको छ जसलाई फास्ट चार्जरको माध्यमले एक घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ । कारको टप स्पीड क्षमता भने ८६ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । सो कार चलाउदा प्रतिकिलोमिटर १ रुपैयाँ १५ पैसा मात्र खर्च हुने र फुल चार्जका लागि १८ युनिट खर्च हुने कम्पनीको भनाइ छ ।


सो इलेक्ट्रिक सेडानमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ जसलाई आवश्यकता अनुसार बुस्ट मोडमा पनि चलाउन सकिने छ ।  सो कारको लम्बाई ४२४७ एमएम, चौडाई १७४० एमएम, उचाई १५४० एमएम रहेको छ । यसमा २६३० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १७०० केजी वजन रहेको सो इलेक्ट्रिक कारमा ५१० लिटरको बुट स्पेस पाउन सकिन्छ । सो कारको फ्रन्टमा एलईडी हेडलाइट र क्वाड डीआरएल दिइएको छ भने यसको रियरमा स्क्वायर आकारको एलईडी रियर लाइट दिइएको छ ।


महिन्द्राको इलेक्ट्रीक कार इ भेरिटो अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । हाल भारतीय बजारमा उपलब्ध यो इलेक्ट्रिक कार नेपाली बजारमा पनि अब छिट्टै बिक्री सुरु हुने नेपालको लागि महिन्द्राको आधिकारी बिक्रेता अग्नी इनकर्पोरेटले जनाएको छ । नेपाली बजारमा महिन्द्रा ई–भेरिटोको मूल्य ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments