नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये ल्युयानले नयाँ इलेक्ट्रीक स्कुटर उपलब्ध गराएको छ । जिरो इमिशन राइड नेपालले सो स्कूटर नेपाली बजारमा विक्री सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा एमएनके ३ मोडलको मात्र स्कुटर विक्री सुरु गरेको पनि जनाएको छ । कम्पनीले हालै मात्र नेपाली बजारमा नयाँ शोरुम स्थापना गरेर यसको विक्री सुरु गरेको हो ।
स्कुटर ल्युयानमा १५०० वाट क्षमताको मोटर जडान गरिएको छ । यसमा २७ भोल्ट ५५ एम्पीयर २.१६ किलोवाट क्षमतको ब्याट्री रहेको छ । यसलाई ३ घन्टामात्र फुल चार्ज गर्दा ८५ किलोमिटरसम्म गुडाउन सकिन्छ । सो स्कुटरको टप स्पिड ५० देखि ५५ किलोमिटर प्रतिघण्टा सम्म हुन्छ । यसैगरी सो स्कुटरमा हाइड्रोलिक तथा एयर सस्पेन्सन सिस्टम पनि रहेको छ ।
इलेक्ट्रीक स्कुटर ल्युयानमा एलइडी हेडल्याम्प, एलइडी डिआरएल,एलइडी टेलल्याम्प, एन्टी थेफ्ट अर्लाम, चाइल्ड लक, मोवाइल चार्जर पोर्ट जस्ता फिचर रहेका छन् । डिजिटल स्पिडोमिटर रहेको सो स्कुटरमा अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक दिइएको छ । साथै, यो स्कुटरमा किलेस स्टार्ट, थ्रोटल लक सेन्सर, लिक्वीड कुल्ड सिस्टम जस्ता टेक्नोलोजी उपलब्ध छन । सो स्कुटरमा १६० को उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ ।
ल्युयानको सो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ५३ हजार ९९९ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा जिरो इमिशन राइडले सो स्कुटर बिक्री–वितरण गरिरहेको छ । सो इलेक्ट्रीक स्कुटरमा १० हजार नगद छुट समेत गरिएको कम्पनिले जनाएको छ ।