Home / Blogs / यामाहाको फेसिनो आयो नयाँ आकर्षक ४ कलरमा ।

यामाहाको फेसिनो आयो नयाँ आकर्षक ४ कलरमा ।

Nepal Auto Trader

Share this News

image

यामाहाले आफ्नो निकै लोकप्रिय स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गरहेको छ । बीएस४ उत्सर्जन मापदण्डअनुसार अपडेट गर्दै नयाँ ढंगमा प्रस्तुत गरेको छ ।

डुअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको छ । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक डुअल टोन कलरमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

यो अटोमेटिक स्कुटरमा ११३ सीसीको एयर-कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले भी-बेल्ट अटोमेटिक ट्रान्समिसन गर्छ । बीएस४ मापदण्डको इन्जिनले ७५०० आरपीएममा ७.१ पीएस बराबरको अधिकतम पावर र ५००० आरपीएममा ८.१ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ फेसिनोमा स्टाइलिस मिटर कन्सोल, आकर्षक हेड ल्याम्प, ड्युअल टोन कलर स्किम, आकर्षक ग्राफिक्स, थ्री डी लोगो, क्रोम फिनिसिङ भएको रियर भ्यु मिरर, २१ लिटरको बुट, हुक, लामो सिट, ग्रयाब बार र अन्य विशेषताहरु छन् ।

नयाँ स्कुटरमा किक र इलेक्टि्रक स्टार्ट दुवैको सुविधा छ । फेसिनो स्कुटरमा टेलिस्कोपिक फोर्क, डिस्क ड्रम ब्रेक उपलब्ध छ भने यसको वजन पहिलेकै कै १०३ केजी रहेको छ । तथापी नयाँ फेसिनोको ह्विल बेसलाई २ मिलिमिटरले बढाएर १३० मिलिमिटर बनाइएको छ ।

नयाँ यामाहा फेसिनोको मूल्य रु २,०१,९००।- तोकिएको छ । फेसिनो सन् २०१५ मा नेपालमा लन्च भएको थियो । त्यसयता क्लासिक लुक्स, बेजोड पर्फमेन्स र कम्पोर्टका कारणले यसले आफूलाई ‘सुपरमोडल स्कुटर’का रुपमा स्थापित गरिसकेको छ ।

 

  • tags

Our latest comments