Home / Blogs / हुन्डाईले ल्यायो ‘स्प्रिङ डिलाइट’ योजना
  • Auto News and Updates
  • 0

हुन्डाईले ल्यायो ‘स्प्रिङ डिलाइट’ योजना

Nepal Auto Trader

Share this News

image

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘स्प्रिङ डिलाइट’योजना ल्याएको छ। यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने कम्पनीले बताएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेञ्ज बोनस स्पट एक्सचेञ्ज तथा मुल्याङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ले ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।

Our latest comments