दक्षिण कोरियन सवारी निमार्ता कम्पनी हुण्डाईले सोनाटा हाइब्रिडको सोलार प्यानल भेरियन्ट कार सार्वजनिक गरेको छ। सेलार प्यानल यसको छतमा जडान गरिएको हो। चिनियाँ बजारमा बढ्दो ब्यापार तथा अमेरिका र युरोपका महत्वपूर्ण बजारमा गाडीको माग बढेकाले ब्यापार लक्ष्य परिवर्तन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यो वर्षको व्यापार गत वर्षको तुलनामा ६ प्रतिशतले बढ्ने अनुमान गरेको छ।
सोलार प्यानलको मद्धतले कारमा भएको ब्याट्री दिनमा ३० देखि ६० प्रतिशतसम्म चार्ज हुने बताइएको छ। यस सोलार प्यानलको मद्धतले दैनिक ६ घण्टा चार्ज भएका वार्षिक करिव १ हजार ३ सय किलोमिटर अतिरिक्त माइलेज दिने अनुमान गरिएको छ। यो हाल दक्षिण कोरियामा मात्र विक्रि वितरण भइरहेको र चाडैनै उत्तर अमेरिकी देशमा पनि उपलब्ध हुने बताइएको छ।
त्यस्तै हुण्डाईले सोनाटाको नयाँ संस्करणलाई चाबी विनै खोल्ने र चल्ने बनाएको छ । उसले तेस्रो पुस्ताको २०२० सोनाटा कारलाई डिजिटल चाबीबाट चल्ने बनाएको हो । गत साता अमेरिकाको न्यू योर्क शहरमा भएको अन्तरराष्ट्रिय अटो शोमा प्रदर्शनमा राखिएको नयाँ सोनाटा चाबीको साटो स्मार्टफोनको सहायताले चल्ने छ । स्मार्टफोनबाटै गाडी लक, अनलक र स्टार्ट हुने कम्पनीले बताएको छ । यस्तो डिजिटल चाबी चार जनासँग बाँडन मिल्ने भएकाले चाबी हराउने डर कम हुनुका साथै परिवारका सदस्य वा कम्पनीका कर्मचारी बीच कार साटफेर गरेर चलाउन पनि सजिलो हुनेछ ।
कम्पनीकाअनुसार यी सबै गतिविधि एक विशेष एपमार्फत सञ्चालने हुनेछन् । सो एपबाटै ड्राइभरले कुनकुन स्मार्टफोनबाट गाडी खोल्न, बन्द गर्न र चलाउन सकिने भन्ने पनि सेट गर्न सक्नेछन् । स्मार्टफोनले रिमोटको जस्तै कामगर्नेछ, र निश्चित दुरीमा कारलाई सञ्चालन गर्न सकिने छ ।त्यतिमात्र होइन, हरेक ड्राइभरले गाडीमा आफू अनुकुलको सेटिङ बनाउन सक्नेछन् जुन कारको मेमोरीमा स्टोर भइरहने छ । २०२० सोनाटाले युजर अनुसार साइड मिरर, साउण्ड तथा सीटको पोजिसन अटोमेटिकरुपमा परिवर्तन गर्नेछ ।
PREVIOUS NEWS