Home / Blogs / हुन्डाईले सार्वजनिक गर्ने भयो नयाँ सेडान औरा
  • Upcoming Cars
  • 0

हुन्डाईले सार्वजनिक गर्ने भयो नयाँ सेडान औरा

Nepal Auto Trader

Share this News

image

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले एक नयाँ सेडान औराको लागि कार्य गरिरहेको घोषणा गरेको छ । हाल हुन्डाई औराको वारेमा विस्तृत जानकारी सार्वजनिक नगरिए पनि यो नयाँ ग्रान्ड आई१० नियोसमा आधारित हुने अनुमान गरिएको छ । यसले हाल बजारमा प्रचलित हुन्डाई एक्सेन्टको स्थान लिन सक्ने छ । हुन्डाईको पोर्टफोलियोमा यो नयाँ सेडान हालको भर्ना भन्दा तल्लो लेभलमा हुनेछ ।

हुन्डाईको नेक्स्ट जेनेरेसन औराले नयाँ ग्रान्ड आई१० नियोसको बडी प्यानल सेयर गर्नेछ । यसको केही स्टाइल हालै लन्च गरिएको इलान्ट्रा फेसलिफ्टसँग पनि मिल्ने छ । औरामा हनीकम्ब मेस फिनिसका साथै हुन्डाईको सिग्नेचर क्यास्केडिङ ग्रिल हुनेछ । त्यसैगरी यसमा ग्रान्ड आई१० नियोस जस्तै बुमयाङ आकारको डेटाइम रनिङ ल्याम्प हुन सक्छ । औरा सबैभन्दा स्टाइलिस कम्प्याक्ट सेडान मध्ये एक हुन सक्ने छ ।

यसको इन्टेरियर पनि ग्रान्ड आई१० नियोस जस्तै हुन सक्ने छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम हुनेछ । यसका अलावा यसको टप भेरिएन्टमा वायरलेस स्मार्टफोन चार्जिङ पनि हुन सक्ने छ । यसमा हुन्डाईको प्रचलित ब्लुलिंक टेक्नोलोजी हुन्छ वा हु्ँदैन भन्ने तथ्य अझै सार्वजनिक गरिएको छैन ।

औरा १.२ लिटर कप्पा पेट्रोल इन्जिन र १.२ लिटर डिजेल इन्जिनका साथ बीएस ६ मापदण्डयुक्त भर्सनमा उपलब्ध हुनेछ । यसमा म्यानुअल गियरबक्सका साथ एएमटी अप्सन पनि हुनेछ । नेपाली बजारमा हुन्डाई औराको प्रतिस्पर्धा मारुती सुजुकी डिजायर, होन्डा अमेज, फोर्ड एस्पायर र टाटा टिगोरसँग हुनेछ ।

Our latest comments