Home / Blogs / नयाँ फिचर्सका साथ होन्डाको ‘डियो डिएलएक्स’ नेपाली बजारमा
  • Latest Bikes
  • 0

नयाँ फिचर्सका साथ होन्डाको ‘डियो डिएलएक्स’ नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

होन्डा मोटरसाइकलसको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङले नयाँ ‘होन्डा डियो डिएलएक्स’ स्कु्टर नेपाली बजारमा ल्याएको छ।

समकालीन सहरी डिजाइनमा आधारित होन्डा डियो डिएलएक्समा आकर्षक र स्टाइलिस लुक रहेको भन्दै कम्पनीले यो मोडलले आधुनिक स्कुटरहरूलाई पूर्णरूपमा रि–डिफाइन गर्न सफल भएकोे दावी गरेको छ । 

यो स्कुटर सहरीया बर्तमान परिवेस अनुसार ‘स्टाइलिस’ रहेको कम्पनीको भनाइ छ। यो स्कुटरमा डिजिटल मिटरका साथमा १०९ सिसी इन्जनरहेको छ।

उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिनयुक्त डियो डिएलएक्समा चालकहरूको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै इको स्पिड इन्डिकेटर रहेको, सिट ओपनिड स्विचका साथै फोर इन वान लक सिस्टम रहेको पनि जनाएको छ । 

यो नयाँ स्कुटरमा सर्भिसिङ इन्डिकेटर राखिएको छ। जसले सर्विस गर्नुपर्ने बेला संकेत गरेर जानकारी दिने छ।

डियो डिएलएक्समा अगाडि अवस्थित स्मार्ट सिट ओपनिड स्विच र सिट मुनि प्रशस्त ठाउँले यस स्कुटरलाई अझ बढी उपयोगी बनाएको कम्पनीले दलावी गरेको छ । मोबाइल चार्जिङ सकेटसहित उपलब्ध नयाँ डियो डिएलएक्सको नेपाली मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।

यो स्कुटरमा मोबाइल चार्ज गर्नसकिने पनि कम्पनीको भनाइ छ।कम्पनीका अनुसार यसको उत्कृष्ट बे्रकिङ सिस्टमले स्कुटरलाई राइडरको कन्ट्रोलमा राख्न सहज हुने छ।

Our latest comments