Home / Blogs / होन्डा सिटी १२५ हन्टर कब अनलाइनबाट सार्वजनिक
  • Latest Bikes
  • 0

होन्डा सिटी १२५ हन्टर कब अनलाइनबाट सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डा विश्वमा नै उत्कृष्ट मोटरसाइकल तथा कार उत्पादनको लागि परिचित रहेको छ । विश्वमा नै होन्डाका मोटरसाइकलहरु चर्चित रहेका छन् । होन्डाले जेनेभा मोटर शो २०२० बाट विक्री सुरु गर्ने लक्ष्यका साथ तयार गरेको १२५ सीसी क्षमताको मोपेड अनलाइनबाट सार्वजनिक गरेको हो ।

कोरोनाको कारण जेनेभामा सार्वजनिक हुन नपाएको सिटी १२५ हन्टर कबलाई कम्पनीले अनलाईनबाट सार्वजनिक गरेसँगै यसको चर्चा निकै बढेको छ ।

होन्डाले सिटी १२५ बाट प्रेरित भएर सिटी १२५ हन्टर कब ल्याएको हो । अबको केही दिनपछि यसलाई कम्पनीले जापानबाट बिक्री सुरु गर्ने जनाएको छ । यसमा १०९.२२ एमएमको ट्रेवल सस्पेन्सन दिइएको छ ।

यसमा रहेको १२४ सीसी सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिनले अधिकतम ७००० आरपीएममा ८ बीएचपी पावर र ४५०० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ ।

यस सिटी १२५ हन्टरमा अगाडी चक्कामा डिस्क ब्रेक दिइएको छ भने पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस समेत उपलब्ध रहेको छ । यसको मूल्य जापानमा ४ लाख ४० हजार येन तोकिएको छ ।

Our latest comments