Home / Blogs / होन्डाले ल्याउँदैछ १५० सिसिको एसएस रेसर।
  • Upcoming Bikes
  • 0

होन्डाले ल्याउँदैछ १५० सिसिको एसएस रेसर।

Nepal Auto Trader

Share this News

image
नेपालमा  होन्डाका मोटरसाइकलमध्ये सबैभन्दा बढी बिक्री हुनेमा १५० सिसि सेगमेन्टका पर्छन्। कम्पनीले ग्राहकको रोजाइ र बजारलाई ध्यानमा राख्दै यही सेगमेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ।

कम्पनीले यो मोटरसाइकलको ‘कन्सेप्ट डिजाइन’ सार्वजनिक गरेको छ र यसको नाम ‘होन्डा १५० एसएस रेसर’ हो।

१५० एसएस रेसरले नेपाली बजारमा तहल्का मच्चाउने आकलन विश्लेषकहरुको छ।

१५० एसएस रेसर पहिलोपटक बैंकको मोेटर शोमा देखाइएको थियो। पछि कम्पनीले यसलाई कस्तो बनाएर ल्याइनेछ भन्ने मोडल पनि सार्वजनिक गर्यो।

कम्पनीले बैंककमा सार्वजनिक गरेको मोडलभन्दा थोरै केही फरक भएकाले यसलाई होन्डा सिबी १५० एफको नामबाट बिक्री गर्ने अनुमान गरिएको छ।

होन्डा १५० एसएस रेसरले सुजुकी जिक्सर, यामाहा एफजेड एस, टिभिएस अपाचे १६० आरटिआर र बजाज पल्सर एस १५० सँग प्रतिस्पर्धा गर्नेछ।

Our latest comments