हिरो मोटोकर्पले आफ्नो सर्वाधिक चर्चित २०० सीसी सेग्मेन्टको मोटरसाइकल एक्सपल्सलाई बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । हाल उपलब्ध बीएस ४ मोडल भन्दा यो करिव ५ हजार भारु महंगो छ । नेपाली बजारमा पनि हाल बीएस ४ हिरो एक्सपल्स २०० मात्र उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ८५ हजार रुपैयाँ छ । कम्पनीले यो मोटरसाइकलमा मेकानिकल परिमार्जनको अलावा केही कस्मेटिक परिवर्तन समेत गरेको छ ।
बीएस६ हिरो एक्सपल्स २००मा फ्युल इन्जेक्टेड सिस्टमको साथमा १९९ सीसी सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ८५०० आरपीएममा १७.८ बीएचपीको पावर र ६५०० आरपीएममा १६.४५ एनएमको टर्क जेनेरेट गर्छ । बीएस४ को तुलनामा अपडेट इन्जिनको पावर ०.३ बीएचपी र ०.६५ एनएम टर्क कम रहेको छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश छ । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ ।
बीएस ६ हिरो एक्सपल्स २००को लुक पुरानो मोडलको जस्तो रहेको छ । सो नयाँ बाइकको फ्रन्ट ह्वील २१ इन्च र रियर ह्वील १८ इन्चको रहेको छ । यसमा सिंगल च्यानल एबीएस रहेको छ । बाइकको फ्रन्टमा टेलेस्कोपिक फोर्क्स र रियरमा मोनोसक सस्पेन्सन रहेको छ । यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।
सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी र टर्न बाई टर्न नेभिगेसन सिस्टमको साथमा डिजिटल स्पिडोमिटर, एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प समावेश छ । साथै बाइकमा इन्जिन सम्प गार्ड, नकल गार्डस् र हाई माउन्टेड एक्जस्ट उपलब्ध रहेको छ । हिरोको सो बाइक ५ रङ प्याथर ब्ल्याक, ह्वाइट, मेट ग्रे, स्पोर्टस् रेड र मेट ग्रीनमा उपलब्ध रहेको छ । दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ ।
PREVIOUS NEWS