Home / Blogs / नेपाली बजारमा जिनियसका २ इलेक्ट्रिक बाइक सार्वजनिक
  • Latest Bikes
  • 0

नेपाली बजारमा जिनियसका २ इलेक्ट्रिक बाइक सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा जिनियसका इलेक्ट्रिक बाइक सार्वजनिक भएका छन् । हाललाई दुई मोडल मात्र एक्सवाई ४६ र एक्स ४६ भित्रिएका हुन् ।सरकारको प्राथमिकतामा इलेक्ट्रीक कार र मोटरसाइकल पर्न नसके पनि नयाँ नयाँ कम्पनीले नेपालमा मोटरसाइकल ल्याउने क्रम भने जारी राखेका छन् । यी मोटरसाइकल ‘यो मा माई मोटर्स’ प्रालिले नेपाल ल्याएको हो । कम्पनीले यसको शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा राखेको छ । 

 यी दुवै मोटरसाइकलमा समान फिचर रहेको छ । एक्स ४६ मा ४ हजार वाटको मोटर र ७२ एम्पियर ६० भोल्टको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसले ७ किलोवाट म्याक्सिमम पावर र १३ किलोवाट पिक पावर दिन्छ । बाइकमा डबल फ्रन्ट र सिंगल रियर डिस्क ब्रेक छ । त्यसैगरी यसमा एलईडी हेडलाइट र हिल असिष्ट सिष्टम जस्ता फिचर छन् । हिल असिष्टका कारण बाइकलाई उकालो वा ओरालोमा सुरक्षित तरिकाले चलाउन सकिन्छ ।

बाइकमा चार्ज गर्नका लागि कम्पनीले नै १५ एम्पियरको चार्जर उपलब्ध गराउने बताएको छ । एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ । यो बाइक ० देखि ६० किलोमिटर ३ सेकेन्ड भन्दा कम समयमै पुग्छ । बाइकमा स्ट्यान्ड सेन्सर भएकाले स्ट्यान्ड लगाएको समयमा स्टार्ट गर्न सकिदैन । त्यसैगरी यसमा इन्भर्टेड फ्रन्ट सस्पेन्सन, ब्याट्री रिजेनेरेटिभ सिष्टम र एन्टी थृेफ्ट अलार्म जस्ता विशेष सुविधाहरु छन् ।

जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ । नेपाली सडकको परिवेश अनुसार कम्पनीले नेपालकै लागि भनेर यी बाइक विशेष रुपमा उत्पादन गरेको योम मा ई–मोटर्सका डाइरेक्टर सञ्जिव शिल्पकारले बताए । कम्पनीले मासिक किस्ता सुबिधा समेत उपलब्ध गराएको छ । नगदमा किन्न चाहने ग्राहकलाई केही समय बिशेष छुट प्रदान गर्ने कम्पनीका संचालक संजिब सिल्पकारले जानकारी दिए ।

Our latest comments