Home / Blogs / नेपाली ग्राहकको रोजाइमा ‘फोर्ड फिगो’
  • Latest Cars
  • 0

नेपाली ग्राहकको रोजाइमा ‘फोर्ड फिगो’

Nepal Auto Trader

Share this News

image

विश्वभरीमै कार बजारमा राम्रो हिस्सा ओगट्न सफल फोर्ड नेपालमा पनि लोकप्रिय छ। फोर्डको धेरै रुचाइएको मोडलमध्ये ‘फिगो’ एक हो। फिगो फोर्डको पहिलो सानो गाडी हो।

यो पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ। भारतमा २००९ मा लन्च भएको फिगो नेपालमा २०१० मा भित्रिएको थियो।

फिगोले विश्वव्यापी सफलता पाएपछि फोर्डले २०१५मा यसलाई अझ परिमार्जन गरेको थियो। परिमार्जित फिगोमा इन्जिन, स्पेस, ह्याण्डलिङलगायतका फिचरमा सुधार गरिएको छ।

फिगोको रेगुलर मेन्टेनेन्स र स्पेयर पार्ट्सको मूल्य निकै कम छ । अन्य प्रतिस्पर्धी गाडीभन्दा फिगोका स्पेयर पाट्र्स ६० देखि ७० प्रतिशत सस्तो रहेको कम्पनीले दाबी गरेको छ।

सात रङमा उपलब्ध फिगोको पेट्रोल इन्जिनको मूल्य २४ लाख ९९ हजार रुपैयाँ देखि ३१ लख ९९ हजारसम्म पर्छ। त्यस्तै, डिजेलको २८ लाख ४९ हजार देखि ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

यो नयाँ फिगोमा सुरक्षाका सबै उपाय अपनाइएको कम्पनीको दाबी छ। यसमा स्टाण्डर्ड ड्राइभिङ एयरब्याग पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

यो गाडीको लम्बाइ ३८८६, चौडाइ १६९५ र उचाइ १५२५ मिलिमिटर छ। यसको ह्वीलबेस २४९१ मिलिमिटर छ। ग्राउन्ड क्लियरेन्स १७४ मिमि भएको यो कारमा २५७ लिटरको बुटस्पेसे छ।

फिगो पेट्रोल इन्जिनमा ४२ लिटर र डिजेलमा ४० लिटर क्षमताको इन्धन ट्‌यांकी छ। फिगोलाई उत्कृष्ट बनाउन फोर्डले यसका फिचरदेखि लुक्ससम्मका सबै भागमा ध्यान दिएको कम्पनीको भनाइ छ।



Our latest comments